बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेपाल शेर्पा विद्यार्थी संघ रामेछापको अध्यक्षमा पासाङ दिकु शेर्पा चयन : जातित्वको संरक्षणमा लाग्ने प्रतिबद्धता [फोटोफिचर]
रामेछाप बिशेष

नेपाल शेर्पा विद्यार्थी संघ रामेछापको अध्यक्षमा पासाङ दिकु शेर्पा चयन : जातित्वको संरक्षणमा लाग्ने प्रतिबद्धता [फोटोफिचर]

कात्तिक १४,

रामेछाप । नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अध्यक्षमा पासाङ दिकु शेर्पा चयन भएकी छन् । जिल्लाको उत्तरी क्षेत्रमा अवस्थि उमाकुण्ड गाउँपालिकाको वडा नं १ गुम्देलस्थित श्री महालङ्गुर मा.वि.को प्राङ्गानमा भएको एक भेलाले कक्षा १२ मा अध्ययनरत किशोरिलाई अध्यक्षको जिम्मेवारी सूम्पिएको हो ।

दिकुको अध्यक्षतामा १५ सदसिय कार्यसमिति गठन गरिएको छ । जसमा लक्पा शेर्पा वरिषठ उपा- अध्यक्षमा चयन भएका छन् । भने तेन्जी शेर्पा उपा-अध्यक्षमा चयन भएका छन् । महिला उपा- अध्यक्षमा सञ्जु शेर्पा चयन भएकी छन् ।

No description available.

पेम्बा गेल्बु शेर्पा सचिवमा चयन भएका छन् । फूर्वा शेर्पा र मिङमार लहमु शेर्पा सह- सचिवमा चयन भएका छन् । माया शेर्पा कोषाअध्यक्षमा चयन भएकी छन् ।

त्यस्तै ङिली शेर्पा, मिङमर शेर्पा, सानी शेर्पा, लाक्पा शेर्पा, लक्पा तेन्जी शेर्पा, रिनी शेर्पा, पासाङ तेम्बा शेर्पा र सोनाम शेर्पा सदस्यमा चयन भएका छन् ।

शेर्पा जातीको भाषा, धर्म, संस्कृती, परम्परा, भेषभुषा खानपान आदीलाई संरक्षण र सम्बर्द्धन गर्नको लागि संघ गठन गरिएको  संघका केन्द्रीय सदस्य फूर्वा छिरिङ शेर्पाले बताए । उनका अनुसार संघले यी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्ध जनाए ।

उमाकुण्ड गाउँपालिका शिक्षा शाखा प्रमुख ङावा शेर्पा
उमाकुण्ड गाउँपालिका शिक्षा शाखा प्रमुख ङावा शेर्पा

उमाकुण्ड गाउँपालिकाका शिक्षा शाखाका प्रमुख ङावा शेर्पाको प्रमुख अतिथेतामा भएको सो कार्यक्रममा बोल्दै शाखा प्रमुख शेर्पाले संघले जाती, भाषा ,धर्म,संस्कृती, परम्पराआदी क्षेत्रलाई जोगाई भाबी पुस्तालाई पनि यसको महत्व बारे बुझाउनु हामी सबैको दायित्व भएको स्मरण गराए । उनले यी क्षेत्रमा काम गरेर संघले सो सम्पतीलाई जोगाउन लाग्न आफ्नो ठाउँबाट गर्नु पर्ने सबै सहयोग गर्ने प्रतिबद्धता जनाए । साथै शिक्षा आजको प्रमुख आवश्कता भएको भन्दै शेर्पा जातीमा वैदेशीक रोजगारी नै प्रमुख आयस्रोत बनेको अबस्थामा नेपालमै रोजगारी गरी देशको सेवा गर्न सक्षम हुनु पर्ने तर्फ सबैको ध्यानाकर्षण गराए ।

फोटोहेर्नुहोस्

No description available.

No description available.No description available.

No description available.No description available.फोटो : मिलन घिमिरे/जुनेली भिडियो हेर्न याँहा किल्क गर्नुहोला

 

फेसबुक प्रतिक्रियाहरु