शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेपाल कम्युनिष्ट पार्टीमा साधारण सदस्यसमेत नरहने गरी जेलमा रहेका खड्का नेकपाबाट निष्कासित्
रामेछाप बिशेष

नेपाल कम्युनिष्ट पार्टीमा साधारण सदस्यसमेत नरहने गरी जेलमा रहेका खड्का नेकपाबाट निष्कासित्

कात्तिक १३,

रामेछाप । बलात्कारको आरोपमा जेलमा रहेका लिखु तामाकोसी गाउँपालिकाका प्रमुख गोविन्द खड्कामाथि फेरि अर्को कारवाही भएको छ । जेलमा रहेका खडकालाई नेपाल कम्युनिष्ट पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।

बागमती प्रदेश कमिटीले लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष खड्कालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको बागमती प्रदेश कमिटीका सचिव आनन्द पोखरेलले जानकारी दिए ।  खड्का नेकपा रामेछापका जिल्ला सदस्य रहेका थिए ।

तत्कालीन नेकपा एमालेबाट निर्वाचित लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष खड्कालाई नेकपाले यसअघि निलम्बन गरेको थियो । अदालतको फैसलासँगै खड्कालाई साधारण सदस्य पनि नरहनेगरी निष्कासन गरिएको पोखरेलले जानकारी बताए ।

खड्का हाल गाउँपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीले बलात्कारको आरोप लगाएपछि पूर्पक्षका लागि जेलमा रहेका छन् । उनीमाथि ठगीलगायतका विभिन्न मुद्दामा पनि खड्कालाई जिल्ला अदालत रामेछापले दोषी ठहर गरेको थियो । file Photo

 

फेसबुक प्रतिक्रियाहरु