शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • चोरीका ४ मोटरसाइकलसहित रामेछाप ठोसेका एक सहित ३ जना पक्राउ
रामेछाप बिशेष

चोरीका ४ मोटरसाइकलसहित रामेछाप ठोसेका एक सहित ३ जना पक्राउ

कात्तिक ०४

काठमाडौं । चोरिका ४ वटा मोटरसाइकल सहित रामेछापका एक सहित ३ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त ठिमीले सन्चालन गरेको ‘अपरेसन रिचार्ज कार्ड’ अभियानबाट चोरीका मोटरसाइकलसहित आज ३ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

यही कात्तिक ३ गते बिहान ९ बजेतिर भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ कौशलटार बस्ने रोहन पराजुलीको घर अगाडि पार्किङ गरी राखेको लु ६३ प ७०७४ नम्बरको पल्सर मोटरसाइकल हराएको सूचनापछि प्रहरीले खोजी सुरु गरेको थियो । चोरी भएको ठाउँ नजिकै एक जना शंकास्पद व्यक्ति आई फोन रिचार्ज गरेको र सोही समयमा नै मोटरसाइकल हराएको भन्ने यकिन हुनासाथ उक्त स्थानमा फेला परेको रिचार्ज कार्डलाई आधार मानेर प्रहरीले ‘आपरेसन रिचार्ज कार्ड’ नामबाट अनुसन्धान शुरु गरेको थियो ।

अनुसन्धानको क्रममा रामेछापको ठोसे घर भई हाल भक्तपुरको बोडे बस्ने १८ वर्षीय अरुण तामाङ, दोलखाको भिमेश्वर नगरपालिका ४ घर भएका २२ वर्षीय महेश तामाङ र सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका ७ घर भई हाल काठमाडौंको मुलपानी बस्ने २९ वर्षीय मनोज लामा चोरीका मोटरसाइकलसहित पक्राउ परेका प्रहरी नायब उपरीक्षक ऋषिराम कडेलले जानकारी दिए ।

उनीहरुको साथबाट परिवर्तित नम्बर प्रदेश ३–०२–०१७ प ६१६७ राखिएको लु ६३ प ७०७४ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल, प्रदेश ३–०३–०१० प १५६७ नम्बरको २२० सीसीकै रातो–कालो रंगको पल्सर मोटरसाइकल, प्रदेश ३–०२–०१८ प ४७४१ नम्बरको २२० सीसीको निलो पल्सर मोटरसाइकल र प्रदेश ३–०२–००३ प ३८३५ नम्बरको २२० सीसीको सेतो रंगको पल्सर मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।

चोरीका मोटरसाईकल
चोरीका मोटरसाईकल

रिचार्ज कार्ड प्रयोग भएको फोन नम्बरलाई आधार बनाई अनुसन्धान गर्दा कात्तिक ३ गते नै दिउँसो साढे ३ बजे भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. २ मगरगाउँस्थित साजन न्यौपानेको घर अगाडि पार्किङ गरी राखेको प्रदेश ३–०२–००३ प ३८३५ नम्बरको पल्सर मोटरसाइकल पनि चोरी भएको सूचना प्रहरीमा आएको थियो ।

चोरीका दुवै घटनालाई समानान्तर अनुसन्धान गर्दै जाने क्रममा मध्यपुर ठिमी नगरपालिका वडा नं. ८ स्थित बोडे पेट्रोल पम्प नजिकै रहेको गार्मेन्टको अगाडि सडकमा लु ६३ प ७०७४ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल नम्बर परिवर्तन गरेको अवस्थामा फेला परेको थियो । लु ६३ प ७०७४ नम्बरको मोटरसाइकलको नम्बरमा परिवर्तित नम्बर प्रदेश ३–०२–०१७ प ६१६७ नं को प्लेट जडान गरिएको अवस्थामा फेला परेको थियो । त्यही स्थानमा करिब साढे ४ बजे रामेछापको ठोसे घर भई हाल भक्तपुरको बोडे बस्ने वर्षीय अरुण तामाङ प्रदेश ३–०३–०१० प १५६७ नम्बरको २२० सिसिको रातो–कालो रंगको पल्सर मोटरसाइकलसहित पार्किङ गरी भाग्दै गर्दा उनलाई प्रहरीले नियन्त्रणमा लियो ।

उनीसँगको प्रारम्भिक अनुसन्धानको आधारमा दोलखाको भिमेश्वर नगरपालिका ४ घर भएका २२ वर्षीय महेश तामाङलाई बोडेस्थित उनकै डेराबाट प्रहरीले पक्राउ गर्यो । महेशलाई कार्यालयमा ल्याई रिचार्ज कार्ड बेच्ने पसलेबाट सनाखत गराउँदा सनाखत समेत भएको प्रहरीले जनाएको छ ।

त्यसपछि महेश तामाङको प्रारम्भिक अनुसन्धानको आधारमा सिन्धुपाल्चोक पाचँपोखरी थाङपाल गाउँपालिका वडा ७ घर भई हाल काठमाडौंको कागेश्वरी नगरपालिका ९ मुलपानी बस्ने २९ वर्षीय मनोज लामालाई पनि प्रहरीले पक्राउ गर्यो । मनोज लामा प्रदेश ३–०२–०१८ प ४७४१ नम्बरको २२० सिसिको निलो पल्सर मोटरसाइकल सहित पक्राउ गरिएको र महेश तामाङको प्रारम्भिक अनुसन्धानको आधारमा प्रदेश ३–०२–(००३ प ३८३५ नम्बरको २२० सीसीको सेतो रंगको पल्सर मोटरसाइकल मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ कमेरोटारबाट बरामद गरिएको प्रहरी नायब उपरीक्षक कडेलले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु