शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • उपत्यकामा १७०२ सहित ३०९३ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु
समाचार

उपत्यकामा १७०२ सहित ३०९३ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

 

कात्तिक ४

पछिल्लो २४ घण्टामा ३ हजार ९३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३०९३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ८ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१०८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७०२ जना संक्रमित भएका छन् । काठमाडौंमा १४३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या ७ सय ६५ पुगेको छ ।file Photo

 

फेसबुक प्रतिक्रियाहरु