शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडादशैंको आज पाँचौ दिन स्कन्द माताको पूजा
समाचार

बडादशैंको आज पाँचौ दिन स्कन्द माताको पूजा

कात्तिक ०५

काठमाडौ । नेपालीहरुको महान पर्व बडा दशैंको पाँचौ दिन आज स्कन्दमाताको पूजाआजा गरेर मनाइदै छ।

दुर्गा भवानीका नौ रुप मध्ये पाँचौ स्कन्दमाताको हो।नवरात्रका दिन सुरु भएसँगै पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डाको पूँजा गरिएकोमा आज पाँचौ दिन स्कन्दमाताको पूजा गरिदै छ।

राजधानीका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजुभवानी र विजेश्वरीमा दर्शनार्थीको भिड लाग्ने गरेको छ। यस वर्ष कोरोनाका कारण भने दशैमा उत्साह छैन।

दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । file Photo

फेसबुक प्रतिक्रियाहरु