शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • उपत्यकामा ३१०७ सहित ५७४३ जनामा कोरोना संक्रमण, २६ जनाको मृत्यु
समाचार

उपत्यकामा ३१०७ सहित ५७४३ जनामा कोरोना संक्रमण, २६ जनाको मृत्यु

कात्तिक ०५

काठमाडौं । पछिल्लो २४ घण्टामा ५७४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा २० हजार ११८ जनाको पिसिआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार ९९६ छ । योसँगै हालसम्म ९९ हजार ६०५ जना निको भई डिस्चार्ज भएका छन् ।

हाल ४४ हजार ४७६ जना सक्रिय संक्रमित छन् । काठमाडौं उपत्यकामा थप ३१०७ जना कोरोना संक्रमित भएका छन् । काठमाडौंमा २३९१, ललितपुर ५४३ र भक्तपुरमा १७३जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा २६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मुत्यु हुनेका जम्मा संख्या ७९१ पुगेको छ ।

 

 

फेसबुक प्रतिक्रियाहरु