बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काठमाण्डाै उपत्यकामा आजएकै दिन ३,१०७ जनामा कोरोना पुष्टि
समाचार

काठमाण्डाै उपत्यकामा आजएकै दिन ३,१०७ जनामा कोरोना पुष्टि

कात्तिक ५,
काठमाण्डाै । पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा ३ हजार १ सय ७ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार काठमाण्डाैमा २ हजार ३ सय ९१, भक्तपुरमा १ सय ७३ र ललितपुरमा ५ सय ४३ जनामा सङ्क्रमण देखिएकाे हाे ।

त्यस्तै बुधबार देशैभर २० हजार १ सय १८ जनाकाे पीसीआर परीक्षण भएकाेमा ५ हजार ७ सय ४३ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । बुधबार थपिएकासँगै नेपालमा सङ्क्रमितकाे कुल सङ्ख्या एक लाख ४४ हजार आठ सय ७२ पुगेकाे छ ।

 

 

फेसबुक प्रतिक्रियाहरु