शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कोरोनाबाट काठमाडौंका ८ सहित २० जनाको मृत्यु
समाचार

कोरोनाबाट काठमाडौंका ८ सहित २० जनाको मृत्यु

कात्तिक ०६

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ ।

सामाजिक विकास मन्त्रालयहरुका अनुसार काठमाडौं ८, भक्तपुरका ३, रुपन्देही २ तथा ललितपुर, धादिङ, नुवाकोट चितवन, पर्सा, सुनसरी र कञ्चनपुरका एकएक जनाको मृत्यु भएको छ ।

  • काठमाडौंका ८१ वर्षीय पुरुषको सोमबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर १८ असोजमा एक अस्पताल भर्ना भएका उनलाई २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी उच्च रक्तचाप र मधुमेहका समेत विरामी थिए ।
  • मैतीदेवी, काठमाडौंकी ४२ वर्षीया महिलाको मंगलबार मृत्यु भएको छ । निमोनिया र शक भएर ३ कात्तिकमा अस्पताल भर्ना भएकी उनलाई सोही दिन कोरोना पुष्टि भएको थियो । उनी दम, उच्च रक्तचाप र मधुमेहका विरामी थिइन् ।
  • कोटेश्वर, काठमाडौंकी ४९ वर्षीया महिलाको मंगलबार मृत्यु भएको छ । उनलाई २६ असोजमा कोरोना पुष्टि भएको थियो भने २७ गते निमोनिया र मुटुको समस्या देखिएर अस्पाल भर्ना भएकी थिइन् ।
  • चाबहिल, काठमाडौंका ८६ वर्षीय पुरुषको सोमबार मृत्यु भएको छ । शक भएर ३० असोजमा अस्पताल भर्ना भएकी उनलाई उच्च रक्तचाप र मिर्गौलासम्बन्धी रोग पनि थियो ।
  • नयाँबजार, काठमाडौंका ७४ वर्षीय पुरुषको सोमबार एक अस्पतालमा मृत्यु भएको छ । मिर्गौलासम्बन्धी दिर्घरोग भएका उनलाई २७ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • कपन, काठमाडौंका ६२ वर्षीय आइतबार मृत्यु भएको छ । १ कात्तिकका कोरोना संक्रमण पुष्टि भएका उनी सोही दिन अस्पताल भर्ना भएका थिए ।
  • बत्तीसपुतली, काठमाडौंका ४७ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ । निमोनिया, मुटु र कलेजोसम्बन्धी समस्या लिएर १९ असोजमा अस्पताल भर्ना भएका उनलाई २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • काठमाडौंका ६३ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ । १ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनी निमोनिया भएर २ गते अस्पताल भर्ना भएका थिए ।
  • भक्तपुरका ७४ वर्षीय पुरुषको सोमबार मृत्यु भएको छ । दमको बिरामी समेत रहेका उनी २४ असोजमा अस्पताल भर्ना भएका थिए भने २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • भक्तपुरकी ४२वर्षीया महिलाको मंगलबार मृत्यु भएको छ । उच्च रक्तचाप र मिर्गौलासम्बन्धी रोगबाट पीडिन उनी निमोनिया र मुटुको समस्या लिएर २८ असोजमा अस्पताल भर्ना भएकी थिइन् भने २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • देकोचा, भक्तपुरका ७२ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ । १ कात्तिकमा कोरोना पुष्टि भएकाउनी निमोनिया भएर २ गते अस्पताल भर्ना भएका थिए ।
  • बुटवल उपमहानगरपालिका- ११, रूपन्देहीका ४७ वर्षीय पुरुषको बुधबार कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । २४ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी सोही दिन अस्पताल भर्ना भएका थिए ।
  • बुटवल उपमहानगरपालिका-१७, रूपन्देहीका ८१ वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । उनलाई २७ अरोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • ललितपुरका ४५ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर १ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई ४ गते कोरोना संक्रमण देखिएको थियो । उनी फोक्सोको क्यान्सर र मधुमेहका समेत विरामी थिए ।
  • धादिङका ८६ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । १ कात्तिकमा कोरोना पुष्टि भएका उनलाई ४ गते अस्पताल भर्ना गरिएको थियो ।
  • नुवाकोटकी ७० वर्षीय महिलाको बुधबार मृत्यु भएको छ । निमोनिया भएर २८ असोजमा अस्पताल भर्ना भएकी उनलाई २ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • रत्ननगर नगरपालिका-१२, चितवनका ४० वर्षीय पुरुषको बुधबार चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । ज्वरो र निमोनियासम्बन्धी समस्या लिएर २३ असोजमा अस्पताल भर्ना भएका उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
    वीरगञ्ज महानगरपालिका-४, पर्साका ५४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
  • गडी, सुनसरीकी ५५ वर्षीया महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मंगलबार अस्पताल भर्ना भएकी उनी उच्च रक्तचापकी बिरामी थिइन् ।
  • बेलाडी, कञ्चनपुरका २४ वर्षीय पुरुषको मंगलबार नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ । ३० असोजमा अस्पताल भर्ना भएका उनलाई ३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु