शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सुनापतिमा एक इन्जिनियर र खाँडादेवीमा एक होटल संचालक सहित ३ जनामा कोरोना पुष्टि
रामेछाप बिशेष

सुनापतिमा एक इन्जिनियर र खाँडादेवीमा एक होटल संचालक सहित ३ जनामा कोरोना पुष्टि

कात्तिक ०४,

रामेछाप । रामेछाप जिल्लामा थप  तीन जनामा कोरोना पुष्टि भएको छ ।

सोमबार राति प्राप्त प्रादेशिक जनस्वास्थ्य ल्याब धुलिखेल बाट प्राप्त रिपोर्टर्स अनुसार गएको ३० गते खाँडादेवि गाउँपालिकाबाट ५२ जना स्वाब पठाइएकोमा २ जनाको पोजेटिभ देखिएको हो ।

यो पनि पढ्नुहोस्
विश्वभर कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या ३ करोड नाघ्यो
रामेछापमा : आज २ जना संक्रमितहरु निकोभएर घर फर्किए, कूल संक्रमित २८६
३७९० जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका २३८८ जना

जसमा खाँडादेवी गाउँपालिका वडा नं ३ का ३० वर्षका पुरुष र वडा नं ७ की ३५ वर्षकी होटल व्यवसाय सन्चालन गर्दै आएकी एक महिलामा संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए ।

त्यस्तै सोही सिन सुनापति गाउँपालिकाबाट १५ जनाको स्वाब पठाइएकोमा १ जना २४ वर्षका अस्थायी ठेगाना सुनापति- २ मा बस्ने इन्जिनियरिङमा संक्रमण देखिएको छ उनीहरुलाई राख्नै स्थानको टुङ्गो नजागेको उनले बताएका छन् । यो संगै जिल्लामा संक्रमित हुनेको संख्या १४५ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु