आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • कोरोना संक्रमणबाट रामेछाप बेतालीका भूपूआर्मीको मृत्यु
रामेछाप बिशेष

कोरोना संक्रमणबाट रामेछाप बेतालीका भूपूआर्मीको मृत्यु

असोज २३,

रामेछाप । कोरोना संक्रमणबाट थप एक जना रामेछापेलीको मृत्यु भएको छ । शुक्रबार रामेछापको बेताली घर भएका ६७ वर्षीय पुरुषको मृत्यु भएको मृतकका भातिज प्रज्ञाण खड्काले जुनेली न्युजलाई जानकारी दिए । उनको शुक्रबार दिउँसो ३ बजे मृत्यु भएको छ ।

शुक्रबारै उनको दहासंस्कार गरिएको उनले बताए । उनलाई एकसाता अघि कोरोना पुष्टि भएको थियो । उनी काठमाडौंस्थित सैनिक अस्पताल छाउनीमा आइसियूमा उपचाररत रहेका थिए । उनी भूपूआर्मी हुन् । उनलाई प्रेसर बाहेक दिर्घ रोग नरहेको  खड्काले बताए । उनीलाई बजारमा तरकारी किन्न निस्किदा कोरोना संक्रमण भएको परिवारको दाबी छ ।

मृतककी श्रीमती र छोरालाई पनि संक्रमण भएको छ । उनीहरु होमआइसोलेसनमा रहेका छन । उनी काठमाडौं-रामेछाप सम्पर्क समाजको सदस्य पनि छन् ।

फेसबुक प्रतिक्रियाहरु