आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • सरकार र डा. केसीबीच सहमति, आजै अनसन तोड्ने तयारी
समाचार

सरकार र डा. केसीबीच सहमति, आजै अनसन तोड्ने तयारी

असोज २३,

काठमाडौं । सरकार र आमरण अनसनरत डा. गोविन्द केसीबीच सहमति भएको छ ।

अब केहीबेरमा सरकार र डा. केसीको तर्फबाट बनेको वार्ता टोली बस्ने र सहमतिलाई औपचारिकता दिनेछ । त्यसपछि आजै अनसन तोड्ने तयारी रहेको उच्च स्रोतले बताएको छ ।

शिक्षा सचिव गोपी मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको वार्ता टोली बिहीबार नै सहमति नजिक पुगिसकेका थिए । बिहीबार सहमति हुन नसकेको विषय डा. केसीको ६ बुँदे मागको चौथो बुँदा थियो । शुक्रबार दुबै पक्षले आन्तरिक परामर्श गरेपछि सहमतिलाई अन्तिम रुप दिइएको हो ।

स्रोतका अनुसार विश्वविद्यालय, आईओएम, काउन्सिल र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड ऐनमै राख्ने र ऐन संशोधन नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा नियुक्ति गर्ने सहमति भएको छ । फाइल फोटो

 

फेसबुक प्रतिक्रियाहरु