बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेपाली कांग्रेसद्वरा पूर्व कोषाध्यक्ष प्रसाईको निधन प्रति शोक ब्यक्त
समाचार

नेपाली कांग्रेसद्वरा पूर्व कोषाध्यक्ष प्रसाईको निधन प्रति शोक ब्यक्त

असोज २३,
काठमाडौं । नेपाली कांग्रेसले का पूर्व कोषाध्यक्ष एवं समाजसेवी रामवावु प्रसाई (खनुपरूदेप्रकाहा) को निधन प्रति शोक वक्तगरेको छ । शुक्रबार कांग्रेसका पूर्व कोषाध्यक्ष एवं समाजसेवी प्रसाई (खनुपरूदेप्रकाहा) को दिउँसो १२ः३० बजे काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वरा राजी गरीएको वक्तब्यमा प्रसाईको  निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गरिएको छ। नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा स्वर्गीय प्रसाईले पुर्याएको योगदानको नेपाली कांग्रेसले सधै स्मरण गर्ने कांग्रसले जनाएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भने -“नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष, अग्रज समाजसेवी, सत्यवादी नेताको रुपमा आफ्नो बेग्लै पहिचान बनाउनु भएका रामवावु प्रसाईको निधनको खबरले मलाई दुःखीत बनाएको छ ।  स्वर्गीय प्रसाईले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँमा म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको आत्माको चीर शान्तिको कामनाका साथ सबै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु ।”

१९७८ मा जन्मेका प्रसाई एक सय वर्ष पुग्न लागेका थिए । उनको ९९ वर्षको उमेरमा निधन भएको हो ।

फेसबुक प्रतिक्रियाहरु