शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • २४ घण्टामा काठमाण्डौ उपत्यकामा १४०९ जना संक्रमित : मृतकको संख्या ६ सय नाघ्यो
गोकर्नेश्वोर बिशेष

२४ घण्टामा काठमाण्डौ उपत्यकामा १४०९ जना संक्रमित : मृतकको संख्या ६ सय नाघ्यो

असोज २३

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४ सय ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जनामा संक्रमण पुष्टि भएको छ ।

 

त्यस्तै देशभर पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । १३ हजार २७९ जनाको परीक्षण गर्दा २ हजार ५९ जना संक्रमित भेटिएका हुन् ।

देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ ।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ६०० पुगेको छ ।

 

 

फेसबुक प्रतिक्रियाहरु