शुक्रबार, साउन ११, २०८१
  • होमपेज
  • रामेछाप जिल्लामा विद्यालयको पठनपाठन बन्द गर्न प्रशासनको निर्देशन
रामेछाप बिशेष

रामेछाप जिल्लामा विद्यालयको पठनपाठन बन्द गर्न प्रशासनको निर्देशन

असोज २१

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लामा लामो समय पछि संचालनमा आएको पठनपाठन रोक्न निर्देशन दिएको छ । मंगलबार एक सूचना जारी गर्दै प्रशासनले जिल्लामा कोरोना संक्रमण फैलिन सक्ने भन्दै संचालनमा आएका विद्यालयहरु तत्काल बन्द गर्न आदेश जारी गरेको हो । जिल्लामा एकसातादेखि कोरोना भाइरस संक्रमण नियन्त्रण गर्नको लागि सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि पठनपाठन सूरु गरिएको छ ।

सोही विषयलाई ध्यानमा राख्दै जिल्ला प्रशासनले विद्यालयमै पुगेर गरेको अनुगमनको क्रम्म विद्यालहरुले पालना गरेको सुरक्षाका उपायहरु सहि नभएको भन्दै पठनपाठन रोक्न भनिएको छ । जिल्लामा बुधबारसम्ममा जिल्लाबाट स्वाब संकलन गरी पठाएको ८१ जना र जिल्ला बाहिर रहेका जिल्लाबासीहरुमा ९७ जनामा कोरोना पुष्टि भैसकेको छ ।

योसंगै जिल्लामा कोरोना संक्रमितको कूल संख्या १७८ जना पुगिसकेको छ । सोही विषयलाई ध्यानमा राख्दै विद्यालय बन्द गर्न भनिएको हो ।

सूचना

 

फेसबुक प्रतिक्रियाहरु