बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • रामेछाप नगरपालिका ५ दिनका लागि पूर्ण रुपमा बन्द : सबै कर्मचारीको कोरोना परीक्षण गरिदै
रामेछाप बिशेष

रामेछाप नगरपालिका ५ दिनका लागि पूर्ण रुपमा बन्द : सबै कर्मचारीको कोरोना परीक्षण गरिदै

असोज १८

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका ५ दिनको लागि बन्द भएको छ । आइतबार नगरपालिकाको कार्यपालिकाका सदस्यलाई कोरोना संक्रमण देखिएपछि ५ दिनको लागि कार्यालय बन्द गर्ने निर्णय गरेको नगरपालिकाले सूचना मार्फत जानकारी दिएको छ ।

आइतबार नगरपालिकाका एक जना वडाअध्यक्ष सहित कार्यालय सहयोगी एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । वडा अध्यक्ष सहितका व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएसँगै नगरपालिकाले  आफ्नो सेवा ५ दिनको लागि बन्द गरेको रामेछाप नगरपालिकाका नगरप्रमुख नर बहादुर थापामगरले  जानकारी दिए ।

नगरले आगामी शुक्रबारसम्म नगरपालिकाको कार्यालय बन्द गरेको उनले बताए । नगरपालिकामा कार्यरत सबै कर्मचारी र संक्रमितको प्रत्यक्ष सम्पर्कमा पुगेकाहरुको स्वाब संकलन गरि पिसिआर परीक्षणका लागि पठाइने पनि उनले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु