शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बलात्कारको मुद्दामा निरन्तर सुनुवाइका लागि निवेदन दिनू
समाचार

बलात्कारको मुद्दामा निरन्तर सुनुवाइका लागि निवेदन दिनू

असोज १८,

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले बलात्कारका घटनामा लगातार सुनुवाइका लागि ७ दिनभित्र अदालतमा निवेदन दिन मातहतका कार्यालयलाई निर्देशन दिएको छ । मुलुकी फौजदारी कार्यविधि नियमावलीमा नेपाल सरकार वादी भई चलेको फौजदारी मुद्धामा सबै प्रतिवादी उपस्थित गराइएकोमा वा प्रतिवादी उपस्थित हुने अवधि समाप्त भएपछि लगातार कारबाही र सुनुवाई गरी किनारा गर्ने भनिएको छ । र, लगातार सुनुवाई हुने कसुरमा जबरजस्ती करणीसम्बन्धी कुसर पनि समावेश छ ।

महान्यायाधिवक्ताको कार्यालयले यो कानूनी व्यवस्था अनुसार सुनुवाइको माग गर्न सबै सरकारी वकिलको कार्यालयलाई भनेको हो । यसरी निवेदन दिइने मुद्दाको संख्या, लगातार कारबाही र सुनुवाइको प्रगति विवरणसमेत उपलब्ध गराउन भनिएको छ ।

fil photo

फेसबुक प्रतिक्रियाहरु