शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • डा. केसीलाई केही भएमा त्यसको दुष्परिणाम सरकारको लागि गम्भीर हुनेछ-देउवा
शिक्षा

डा. केसीलाई केही भएमा त्यसको दुष्परिणाम सरकारको लागि गम्भीर हुनेछ-देउवा

असोज १८,

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सा शिक्षा सुधारको माग राखेर सत्याग्रहमा बसेका डाक्टर गोविन्द केसीसँग तत्काल वार्ता गरेर माग पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपिल गरेका छन्।

सभापति देउवाले आइतबार विज्ञप्ति जारी गरेर डा. केसीका माग पूरा गर्न प्रधानमन्त्री ओलीलाई अपिल गरेका हुन्। सभापति देउवाले डा. केसीको अनसनको २१ दिन पुगिसक्दा पनि सरकारले वार्ता गरेर माग पूरा गर्न गम्भीरता नदेखाउनु अत्यन्तै दुःखद रहेको उल्लेख गरेका छन्।

उनले सरकारको उदासिन व्यवहार लोकतान्त्रिक प्रणालीभित्र कम्युनिष्टतन्त्रको अनुदार चरित्र भएको आरोप लगाएका छन्। उनले डाक्टर केसीसँग सरकारले यसअघि गरेका सम्झौतालाई इमानदार भएर कार्यान्वयन गर्न भनेका छन्।

देउवाले जीवनरक्षाका लागि ढिलाइ नगर्न बताउँदै यदि त्यसो भएमा दुष्परिणाम गम्भीर हुने सरकारलाई चेतावनी दिएका छन्। देउवाले आफ्नो नेतृत्वको सरकारले डा केसीका मागहरु पूरा गर्दै ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश’ ०७४ कार्तिक २४ मा जारी गरेको भएपनि वर्तमान सरकारले त्यसलाई विस्थापित गर्नुको परिणाममा आजको स्थिति उब्जिएको बताएका छन्।

फेसबुक प्रतिक्रियाहरु