मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • कोरोना कहरले : नेकपा सचिवालय बैठक अनिश्तिचकालका लागि स्थगित
समाचार

कोरोना कहरले : नेकपा सचिवालय बैठक अनिश्तिचकालका लागि स्थगित

असोज १८,

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपाको सचिवालय बैठक फेरि स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका ६ जना सदस्य र ७० सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित गरिएको हो।

सचिवालय धेरै सदस्यहरुलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री ओलीले सबै किसिमका भेटवार्ता बन्द गरेका छन्। यद्यपि प्रधानमन्त्री, पत्नी राधिका र दुई स्वकीय सचिवको रिपोर्ट भने नेगेटिभ आएको छ। प्रधानमन्त्री ओलीले बिहीबारको मन्त्रिपरिषद् बैठकबाट विभिन्‍न नियुक्ति गरेका थिए। ती राजनीति नियुक्तिबारे परामर्श नगरेको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल लगायतले असन्तुष्टि जाइरहेका छन्।

अध्यक्षद्वय ओली र प्रचण्डबीच शुक्रबार भेटवार्तापछि शनिबारका लागि सचिवालय बैठक बोलाउने सहमति भएको थियो। तर, शनिबार बस्‍न सकेन। त्यसपछि आज बोलाइएको बैठक पनि स्थगित भएको हो। सरकारले मुख्य सचिव नियुक्ति तथा विभिन्‍न देशका लागि राजदूत सिफारिस एकलौटी ढंगले गरेको भन्दै पार्टीको शीर्ष तहमा असन्तुष्टि बढेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सरकारको मुख्य सचिवमा शंकरदास बैरागीलाई नियुक्त गर्ने निर्णय गरेको थियो। यस्तै, पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका र पूर्व मुख्य सचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो। सचिवालयमा मन्त्रिपरिषद् पुनर्गठनबारे पनि छलफल हुने बताइएको थियो। अब सचिवालय बैठक कहिले बस्ने भन्‍ने जानकारी गराइएको छैन।

फेसबुक प्रतिक्रियाहरु