शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • नेताहरूमा कोरोना देखिएपछि कांग्रेस केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द
समाचार

नेताहरूमा कोरोना देखिएपछि कांग्रेस केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द

असोज १८

नेपाली कांग्रेसले सानेपास्थित केन्द्रीय कार्यालय आजदेखि पाँच दिनका लागि बन्द गरेको छ ।

असोज १५ गते केन्द्रीय सदस्यलगायत दुई सय ५० जनाको स्वाब परीक्षणका लागि टेकुस्थित ल्याबमा पठाइएकोमा पाँच जना केन्द्रीय सदस्यको रिपोर्ट शनिबार पोजेटिभ आएको थियो ।

 

मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार असोज २२ गतेसम्म कार्यालय बन्द गर्ने निर्णय भएको छ।

फेसबुक प्रतिक्रियाहरु