मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • जुम्लाको खलङ्गामा लगाइएको निषेधाज्ञा हट्यो
समाचार

जुम्लाको खलङ्गामा लगाइएको निषेधाज्ञा हट्यो

असोज १८,
जुम्ला । जुम्लाकाे सदरमुकाम खलङ्गामा लगाइएको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले गएको बिहीबारदेखि लगाएको निषेधाज्ञा आजदेखि हटाएको हो । तर कोरोना सङ्क्रमणबाट बच्न जनस्वास्थ्य मापदण्ड भने अनिवार्य पालना गर्न प्रशासनले अनुरोध गरेको छ ।

 

पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका २७ स्वास्थ्यकर्मीसहित ४७ जनामा कोरोना पुष्टि भएपछि परीक्षण, खोजीकार्य तथा फैलिन नदिन भन्दै निषेधाज्ञा गरिएको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु