शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कोरोना संक्रमणबाट ५ दिने शिशुसहित ७ जनाको मृत्यु
समाचार

कोरोना संक्रमणबाट ५ दिने शिशुसहित ७ जनाको मृत्यु

असोज १८,

काठमाडौं  । नेपालमा कारोना भाइरस (कोभिड-१९) बाट पाँच दिने नवजात शिशुसहित थप ७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुरमा पाँचदिने नवजात शिशुसहित ४ महिला र ३ पुरुषको कोरोनाबाट मृत्यु भएको हो।

मृत्यु हुनेमा चितवनमा ५५ वर्षीया महिला, बाँकेमा २५ वर्षीया महिला र कञ्चनपुरमा २९ वर्षीया महिला रहेका छन्। यस्तै काठमाडौंमा ५५ वर्षीय पुरुष, ललितपुरमा ७७ वर्षीय पुरुष र बाँकेमा ६० वर्षीय पुरुषको पनि कोभिडबाट मृत्यु भएको हो।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ। आज नेपालमा २ हजार २ सय ५३ जनामा संक्रमण देखिएको छ। १२ हजार ७ सय ८४ पिसिआर परीक्षण भएकोमा ८ सय ३० महिला र १४ सय २३ जना पुरुषमा संक्रमण देखिएको हो।

आज काठमाडौं उपत्यकामा १५ सय ९९ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा १३ सय ७३, ललितपुरमा १ सय ८७ र भक्तपुरमा ३९ जनामा संक्रमण देखिएको छ। file Photo

 

फेसबुक प्रतिक्रियाहरु