शुक्रबार, असार १४, २०८२
  • होमपेज
  • विश्‍वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख नाघ्यो अमेरिकामा मात्रै २ लाख मानिसको मृत्यु, भारतमा पनि ज्यान गुमाउनेको संख्या बढ्दै
अन्तर्राष्ट्रिय

विश्‍वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख नाघ्यो अमेरिकामा मात्रै २ लाख मानिसको मृत्यु, भारतमा पनि ज्यान गुमाउनेको संख्या बढ्दै

असोज १२,

काठमाडौं । कोरोना भाइरसबाट विश्वभर ज्यान गुमाउनेको संख्या १० लाख नाघेको छ। यो समाचार तयार पार्दासम्म विश्वरभर १० लाख ३ सय ५० जनाको मृत्यु भएको छ। अमेरिकामा मात्र २ लाख मानिसको मृत्यु भएको छ।

विश्वभर पछिल्लो २४ घण्टामा मात्र २ हजारभन्दा बढी मानिसले कोरोनाका कारण ज्यान गुमाएका छन्। त्यस्तै विश्वको दोस्रो धेरै संक्रमण रहेको भारतमा पनि ९४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। अमेरिकामा सात लाख मानिसमा कोरोना संक्रमण फैलिसकेको छ भने भारतमा पनि ६ लाखभन्दा बढी संक्रमित भइसकेका छन्।

यो पनि पढ्नुहोस्

विश्वभर तीन करोड ३१ लाख मानिसमा यसको संक्रमण भइसकेको छ। भलै अमेरिकामा पछिल्ला केही दिनमा संक्रमितको संख्यामा कमी आएको देखिएको छ। पछिल्लो २४ घण्टामा अमेरिकामा ८ हजार मानिसमा यसको संक्रमण भएको छ।

त्यसैगरी ब्राजिलमा पनि कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ४१ हजार नाघिसकेको छ। १ लाख ५१ हजार संक्रमित रहेको रुसमा २० हजारभन्दा बढीको मृत्यु भएको छ। नेपालमा पनि पछिल्लो २४ घण्टामा १५ सय ७३ जनामा कोरोना संक्रमण भएको छ। त्यसैगरी नेपालमा हालसम्म ४ सय ७७ जनाको कोरोना कारण मृत्यु भइसकेको छ।

फेसबुक प्रतिक्रियाहरु