मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • गोविन्द खड्कालाई पुनः अदालत पेश गरियो
रामेछाप बिशेष

गोविन्द खड्कालाई पुनः अदालत पेश गरियो

असोज ०७,

रामेछाप । तीन वटा मुद्दामा जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा रहेका लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई प्रहरीले पुनः अदालत पेश गरेको छ । यसअघि गत भदौ २३ गते जिल्ला अदालत रामेछापमा बयानको लागि उपस्थित गराइए पनि अदालतमै रहेको बेला खडकालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएसँगै हिरासतकै आइसोलेनमा राख्न अदालतले आदेश दिएको थियो । १४ दिन हिरासतकै आइसोलेसनमा बसेपछि स्वास्थ्यकर्मीले खडकालाई अदालतमा पेश गर्न सकिने गरी डिस्चार्ज गरेको थियो ।

हिरासतमा रहेका खड्का र उनका स्वकीय सचिवमा पनि कोरोना संक्रमण देखिएको थियो । खड्कामाथि शरीर बन्द, ठगी र बलात्कार गरी तीन वटा मुद्दा प्रहरीमा दर्ता भएको छ । पक्राउ परेको २५ दिनपछि अनुसन्धान सकेर भदौ २३ गते प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत अदालत पेश गरेको थियो ।

स्रोतका अनुसार सोमबार जिल्ला अदालत रामेछापमा खड्काले तीन वटा मुद्दाको बारेमा आफ्नो बयान दिएका छन । खड्का साउन ३० गते पक्राउ परेका थिए । फाइल फोटो

फेसबुक प्रतिक्रियाहरु