मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • विश्वभर हालसम्म ९ लाख ७४ हजार कोरोनाका संक्रमितले ज्यान गुमाए : भारतमा ९० हजार नाघ्यो
समाचार

विश्वभर हालसम्म ९ लाख ७४ हजार कोरोनाका संक्रमितले ज्यान गुमाए : भारतमा ९० हजार नाघ्यो

असोज ७,

काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ५ हजार ५ सय संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये भारतमा सबैभन्दा धेरै रहेका छन्। त्यहाँ १ हजार भन्दा धेरै संक्रमितको मृत्यु भएसँगै कुल मृतकको संख्या ९० हजार नाघेको छ।

यस्तै हिजो अमेरिकामा ९३७ संक्रमितको मृत्यु भएसँगै कुल मृतकको संख्या २ लाख नाघेको छ। अमेरिकामा हालसम्म २ लाख ५ हजार ४ सय ३९ कोरोना संक्रमितको मृत्यु भएको समाचार एजेन्सीले जनाएका छन्।

विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेमा सवैभन्दा धेरै अमेरिकाका रहेका छन् । यस्तै ब्राजिलमा १ लाख ३८ हजार संक्रमितको मृत्यु भएको छ।

विश्वभर हालसम्म ९ लाख ७४ हजार संक्रमितले ज्यान गुमाएका छन्। ३ करोड १७ लाख ६१ हजारमा संक्रमण पुष्टि भएकोमा ४३ लाख ४३ हजार मानिस संक्रमण मुक्त भएका छन्।

फेसबुक प्रतिक्रियाहरु