शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • २४ घण्टामा १६ जनाको मृत्यु, थप ११५४ जनामा कोरोना पुष्टि
समाचार

२४ घण्टामा १६ जनाको मृत्यु, थप ११५४ जनामा कोरोना पुष्टि

असोज ५

काठमाडौं । पछिल्लो २४ घण्टामा ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप ११५४ जना कोरोना संक्रमित थपिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५ जना डिस्चार्ज भएका छन् । योसहित नेपालमा डिस्चार्ज हुनेको संख्या ४७ हजार २३८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गरेको छ ।काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ५३८, ललितपुरमा ६२ र भक्तपुरमा ७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु