बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • भोलिदेखि देशैभरी पानी पर्ने : सतर्कता अप्नाउन आग्रह
समाचार

भोलिदेखि देशैभरी पानी पर्ने : सतर्कता अप्नाउन आग्रह

असोज ४,
काठमाण्डाै । भोलि (सोमबार) बेलुकीदेखि पानी पर्ने क्रम बढ्ने मौसमविद्ले बताएका छन् ।

भोलि पूर्वबाट पानी पार्ने केही प्रणाली नेपाल प्रवेश गर्न लागेकाले पानी पर्ने क्रम बढ्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

उनकाअनुसार भोलि बेलुकी प्रवेश गर्ने प्रणाली देशभरि नै फैलिएर यो हप्ता पानी पर्ने क्रम बढ्ने देखिएको हो । केही ठाउँमा भने ठूलो पानी पर्ने भएकाले बाढी पहिरोको पनि जोखिम बढ्ने देखिएको छ । आज (आइतबार) भने देशभरिकै मौसम आंशिकदेखि सामन्य बद्ली भएर थोरै ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिए ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बद्ली रहेर प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना छ ।फाइल फोटो

फेसबुक प्रतिक्रियाहरु