शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • इङ्लिस प्रिमियर लिगमा आज साबिक विजेता लिभरपुल चेल्सी विरुद्ध खेल्दै : म्यानचेस्टर युनाईटेड पराजित
समाचार

इङ्लिस प्रिमियर लिगमा आज साबिक विजेता लिभरपुल चेल्सी विरुद्ध खेल्दै : म्यानचेस्टर युनाईटेड पराजित

असोज ४,

काठमाडौं। इङ्लिस प्रिमियर लिग अन्तर्गत आफ्नो पहिलो खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ। ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा युनाइटेड क्रिस्टल प्यालेससँग ३–१ गोलअन्तरले पराजित भएको हो। क्रिस्टलको जितमा वाइल्डफ्रिड जहाले २ गोल गरे भने अन्द्रोस टाउनसेन्डले एक गोल गरे। खेलको सातौं मिनेटमै टाउनसेन्डले गोल गर्दै क्रिस्टललाई अग्रता दिलाएका थिए।

त्यस्तै ७४ औं मिनेटमा जहाले पेनाल्टीमार्फत गोल गर्दै अग्रतालाई दोव्बर बनाए। ८० औं मिनेटमा युनाइटेडका डोन्नी भन डि बिक्ले सान्त्वना गोल फर्काए। ८५ औं मिनेटमा क्रिस्टलका लागि जहाले तेस्रो गोल गरे।

क्रिस्टलले लगातार दोस्रो जित निकाल्दै ६ अंक जोड्दा पहिलो राउन्डको खेल खेलेको युनाइटेड अंकविहीन छ। यता गएराति नै सम्पन्न अर्को खेलमा आर्सनलले घरेलु मैदानमा वेस्टहाममाथि २–१ गोलको जित निकालेको छ।

त्यस्तै, फुलहामले लिड्स युनाइटेडसँग ४–३ गोलको हार बेहोरेको छ।

प्रिमियर लिग अन्तर्गत आज राति ९ बजे साबिक विजेता लिभरपुल चेल्सीविरुद्ध मैदान उत्रिँदैछ। त्यस्तै आजै साउथह्याम्टन र टोटेनहम, न्युकासल र ब्राइटन तथा लेस्टर सिटी र बर्नले भिड्दैछन्।

फेसबुक प्रतिक्रियाहरु