शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अनसनरत् डा. केसीलाई जबर्जस्ती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सारियो : उपचार नलिने केसीको चेतावनी
समाचार

अनसनरत् डा. केसीलाई जबर्जस्ती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सारियो : उपचार नलिने केसीको चेतावनी

असोज ४,

काठमाडौं । विभिन्न माग राख्दै १९ औँ पटक जुम्ला स्थित बाबिरा मस्ट मन्दिर परिसरमा अनसन बसेका डाक्टर गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सारिएको छ। जिल्ला प्रशासन कार्यालय जुम्लाले डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएकाे भन्दै शनिबार राति साढे १० बजे अस्पताल सारिएकाे हाे। तर, डा केसीले आफूलाई जवरजस्ती अपहरण शैलीमा अनसनस्थलबाट उठाएको भन्दै बिरोध गरेका छन्।

उनले अस्पतालमा आएपनि उपचार सेवा नलिने बताएका छन्। प्रतिष्ठानका अस्पताल निर्देशक डा मंगल रावलले डा केसीलाई आइसीयू वार्डमा बेड तयार उपचारको व्यवस्था मिलाइएको बताए। उनले डाक्टर केसीको स्वास्थ्य अवस्था निगरानी गर्न डा प्रविणकुमार गिरी, डा अनुप मंगल समाल सहितको चार सदस्यीय स्वास्थ्यकर्मीको टीम तयार गरि परिचालन गरिएको बताए।

डा केसी स्वास्थ्य क्षेत्रको सुधारका साथै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबिएस र एमडी अध्यापनको माग राख्दै विभिन्न ६ बुँदे माग राख्दै गत २९ भदौ देखि आफ्नो १९ औँ अनसन शुरु गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु