शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काठमाडौं-मन्थली चल्ने बिजुलीबसको प्रमुख जिल्ला अधिकारीद्वरा उद्घाटन
रामेछाप बिशेष

काठमाडौं-मन्थली चल्ने बिजुलीबसको प्रमुख जिल्ला अधिकारीद्वरा उद्घाटन

असोज ०३

रामेछाप । शुक्रबारदेखि संचालनमा आएको काठमाडौं- रामेछाप वातावरणमैत्री बिजुली बसको प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले उद्घाटन गरेकी छिन् ।

शुक्रबारदेखि संचालनमा आएको सोबस दैनिक काठमाण्डौं -मन्थलीसम्म ओहोर दोहोर गर्ने छ । भवलक्ष्मी यातायात सेवाद्वरा संचालनमा आएको सोसेवा उपत्यका बाहिर चल्ने देशकै पहिलो बिजुली बस भएको कम्पनीको दाबी छ ।

शनिबार मन्थलीमा एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारीले उद्घाटन गरेकी हुन् । उनले आगामी दिनमा यस्ता सेवा विस्तार गर्दै वातावरणलाई सन्तुलनमा राखि सहज र छिटोछरीतो सेवाको विस्तार गर्नु पर्ने बताइन् ।

एक पटक चार्ज गरेपछि करिव ३ सय किलोमिटर सम्म गुड्ने विजुली बस चीनबाट भित्राइएको हो । यहाँको सडक उकालो ओरालो भएकाले उक्त बस झण्डै २ सय ३० किलोमिटर सम्म मात्र गुड्न सक्ने प्रयोगबाट देखिएको संचालकहरुले बताएका छन् ।

काठमाण्डौंमा चार्ज गरेपछि रामेछाप आएर फेरी काठमाण्डौं फर्कन सक्ने अपेक्षा गरेका थिए । तर काठमाण्डौंबाट १ सय २७ किलोमिटर पूर्वको रामेछाप आईपुगेको उक्त बसलाई पुन रिचार्ज गरेपछि मात्र काठमाण्डौं फर्काउनु पर्ने अवस्था देखिएको संचालक ऋतु चौलागाईले वताए ।

करिव १ करोड लागत पर्ने उक्त बसमा चालक सहित २० सिट क्षमताको रहेको छ । ईन्जिन र गियर नभएको उक्त वस सुविधाजनक रहेको दावी चौलागाईको छ ।

बिजुली बस संचालनले वातावरण प्रदुषण नहुने र यात्रा आरामदायि हुन संचालकको दावी छ । काठमाण्डौं- मन्थलीसम्म दैनिक २ वटा बस संचालन गर्ने र त्यसको भाडा बजारको प्रतिस्पर्धी भाडा दरलाई नै आधार मानेर कायम गरिने उनले बताए । मन्थली देखि काठमाण्डौको भाडा सुमो र हाईसमा प्रति यात्रु ५ सय छ ।

त्यस्तै मन्थली नगरपालिका रामेछापका प्रमुख रमेशकुमार बस्नेतले वातावरणमैत्री बिजुली वसको संचालनलाई व्यवसायीक र नियमित वनाउनु पर्ने वताए । उनले नगर र जिल्लाका धेरै सडक अवको केहि अवधिमा कालोपत्रे भइसक्ने भएकाले त्यस क्षेत्रमा सेवा र विजुली वसको संख्या विस्तार गर्दै जानुपर्नेमा जोड दिए ।

फेसबुक प्रतिक्रियाहरु