शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समृद्ध देशको कल्पना गर्न संविधानको कार्यन्वयन हुनु पर्छ : प्रमुख जिल्ला अधिकारी शर्मा
रामेछाप बिशेष

समृद्ध देशको कल्पना गर्न संविधानको कार्यन्वयन हुनु पर्छ : प्रमुख जिल्ला अधिकारी शर्मा

असोज ०३,

रामेछाप । संविधान दिवसको अवसरमा रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले संविधानको कार्यन्वयन् गर्नु नै हामी सबैको कर्तव्य भएको बताएकी छन् । उनकले कोरोना भाइरस संक्रमणले गर्दा औपचारीक कर्यक्रम नगरे पनि आज साँझ घरघरमा दिप प्रज्वालन गरेर मनाउने प्रशासनले आग्रह हरेको पुःन स्मरण गराइन् । दिवसको अवसरमा जुनेली न्युजसंग कुरागर्दै उनले संविधानले नागरिकको अधिकारको संरक्षण गरेको उल्लेख गर्दै यसको हामी सबैले संरक्षण, सम्बर्दन् र कायान्वयन गर्नु पर्ने तर्फ जोड्दिइन् ।

दिवसको अवसरमा सम्पूर्ण जिल्ला तथा देशबासीमा शुभकामना ब्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले राम्रो देशको परिकल्पना गर्नु पर्ने र त्यसको लागि सबै नेपाली एकभएर अघि बढ्नु पर्नेमा जोड्दिइन् । उनले भनिन्- हामी सबै एक भएर यो ऐतिहासिक दिनको आ-आफ्नो ठाउँबाट सम्मान गरौं, कोरोना महामारी बिरुद्ध एक भएर लागि परौ, संविधानको कार्यान्वयन गरौं, देश समृद्ध बनाउन लागि परौं ।

कोरोनाको कारणले औपचारिक कार्यक्रम जिल्ला भित्र आयोजना नगरे पनि घरघरमा दिप प्रज्वालन गरेर मनाउन आग्रह समेत गरिन् ।

फेसबुक प्रतिक्रियाहरु