शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • रामेछाप जिल्लामा आजदेखि होटल,रेष्टुरेन्ट, सार्वजनिक तथा निजी यातायात खुल्ने
रामेछाप बिशेष

रामेछाप जिल्लामा आजदेखि होटल,रेष्टुरेन्ट, सार्वजनिक तथा निजी यातायात खुल्ने

असोज ०२,

रामेछाप । जिल्ला प्रशानस कार्यलय रामेछापले बिहिबारदेखि आघोषित् जारी निषेधाज्ञालाई थप खुकुलो बनाएको छ । असोज १ गते प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको जिल्ला स्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (DCCMC) को बैठकले गत भदौ २९ गते मन्त्रिपरिषद्को निर्णयानुसार तथा जिल्लाको कोभिड-१९ संक्रमणको जोखिमलाई विश्लेषण गरी स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्ने गरी अर्को निर्णय नभएसम्म देहायनुसारको व्यवस्था गरी विभिन्न सेवा तथा कार्यहरु सञ्चालन गर्न दिने निर्णय गरिएको र सोही निर्णयलाई ध्यानमा राख्दै जिल्लामा जारी निषेधाज्ञालाई खुकुलो बनाउदै व्यापार ब्यवसाय संचालन गर्न दिने निर्णय गरेको हो ।

त्यस्तै जिल्लामा आजदेखि स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरु कडाईका साथ पालना गर्दै निजी तथा सार्वजनिक सवारी साधनहरु सञ्चालन गर्ने हुनेभएको छ । त्यसको लागि कुल सिट क्षमताको ५० प्रतिशत यात्रु राख्नु पर्ने छ ।

भौतिक दुरी कायम गर्नु पर्ने छ । सिटमा एक जना बाहेक यात्रु राख्न नपाउने, सबै यात्रुले अनिवार्य मास्क लगाउनु पर्ने,यात्रु चढ्ने समयमा सवारी साधनको ढोकामा र सवारी साधनभित्र सेनिटाइजरसमेतको व्यवस्था गर्ने, चालक तथा सह-चालकले मास्क,भाइजर र पञ्जा लगाउने, सवारी साधनलाई दैनिक रुपमा निसङ्क्रमित गर्ने गरि सवारी संचालन हुने छन् ।

साथै प्रशासनद्वरा जारी व्यवस्था लागू रहँदासम्म तोकिएको भाडा दरमा अधिकतम थप ५० प्रतिशतसम्म भाडा लिन सक्ने, जिल्ला भित्र सञ्चालन हुने सवारी साधन विहान ५: ०० बजे देखि साँझ ६:०० बजेसम्म सञ्चालन हुनेभएका छन् । जसको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार गरेको मापदण्ड बमोजिम यातायात र यात्रु व्यवस्थापन गर्नु पर्ने छ।

जिल्ला भित्रिने सवारीका चालक वा सहचालकले सवारी साधनमा यात्रा गर्ने व्यक्तिहरुको नाम, सम्पर्क नं. र पुग्ने स्थानको विवरण लिखित रुपमा नाकामा बस्ने सुरक्षाकर्मीलाई दिनु पर्नेछ । सुरक्षाकर्मीले सम्बन्धित पालिका र जिल्ला प्रशासन कार्यालयमा पठाउने ।

भारत तथा तेस्रो मुलुकबाट आरटिपीसिआर परीक्षण नगराई आएमा सम्बन्धित पालिकाले क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउने, संक्रमित बढी भएका जिल्लाबाट आउने व्यक्तिहरु अनिवार्य रुपमा सेल्फ क्वारेन्टिनमा बस्नु पर्नेछ ।

त्यस्तै स्वास्थ्य मापदण्ड पालना गरी होटल, रेष्टुरेण्ट, ट्रेकिङ तथा ट्राभल्स व्यवसाय सञ्चालन गर्न दिने (होटल, रेष्टुरेन्ट बेलुका ८ ०० बजे सम्म)।

त्यस्तै विकास आयोजनाहरु सञ्चालनका लागि अत्यावश्यक पर्ने प्राविधिक जनशक्तिलाई आयोजना सञ्चालन गर्न सम्बन्धित मन्त्रालयको सिफारिसमा RT-PCR नेगटिभ भएको (यात्रा गर्नु भन्दा ७२ घण्टाभित्र) रिपोर्टसहित आयोजनाले व्यवस्था गरेको आवासमा अनिवार्य रुपमा रहने/बस्ने गरी जिल्ला प्रवेश गर्न अनुमति दिनेछ ।

त्यस्तै सबै कार्यालय, निकाय एवं संघ संस्थाहरुले नियमित रुपमा कार्यालय सञ्चालन गरी सेवा प्रवाह गर्ने । कार्यालय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने/गराउने ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परीक्षण मापदण्ड/निर्देशिका बमोजिम जिल्ला स्वास्थ्य कार्यालयले सबै स्थानीय तहसँग समन्वय गरी परीक्षणको दायरा बढाउने छ ।

फेसबुक प्रतिक्रियाहरु