शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • आज रामेछापमा थपिएका तीन जना एक सुनापतिका र दुई खाँडादेवी गाउँपालिकाका
रामेछाप बिशेष

आज रामेछापमा थपिएका तीन जना एक सुनापतिका र दुई खाँडादेवी गाउँपालिकाका

भदौ २४,

रामेछाप । रामेछापमा थप तीन जना संक्रमित थपिएका छन् । बुधबार एक महिला सहित २ जना पुरुष संक्रमित थपिएको नियमित मिडिया ब्रिफिङ्मा तीन जना संक्रमित थपिएको बताए ।

मंगलबार एकैदिन जिल्लामा ८ जना संक्रमित थपिएका थिए । बुधबार संक्रमित तीन जना थपिए संगै जिल्लामा संक्रमितको संख्या १ सय ४ पुगेको छ । संक्रमित हुनेहरुमा २ जना खाँडादेवीका र एक जना सूनापति गाउँपालिकाका भएको जिल्ला अस्पताल रामेछापका स्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए ।

उनीहरुको स्वाब काठमाडौंमै परीक्षण गरिएको हो ।योसंगै काठमाडौंमा रिपोर्ट पोजेटिभ हुनेको संख्या ५५ पुगेको छ । file Photo

फेसबुक प्रतिक्रियाहरु