शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • वीपी कोइरालाको १०७ औँ जन्म जयन्तीको अवसरमा रामेछापमा वीपीको शालिकमा माल्यार्पण
रामेछाप बिशेष

वीपी कोइरालाको १०७ औँ जन्म जयन्तीको अवसरमा रामेछापमा वीपीको शालिकमा माल्यार्पण

भदौ २४,

रामेछाप । गिरिजा प्रसाद कोइराला फाउन्डेसन रामेछापले प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको १०७ औँ जन्म जयन्तीको अवसरमा वीपीको शालिकमा माल्यार्पण गरेको छ ।

(आज) बुधबार कोरोना भाइरसको संक्रमण र जोखिमका कारण  सामाजिक दूरी पालन गरी मन्थलीस्थित वीपीको शालिकमा गिरिजा प्रसाद फाउन्डेसन्का अध्यक्ष दिपक खड्काको नेतृत्वामा पार्टीका नेता तथा कार्यकर्ताको सहभागितामा कार्यक्रम गरिएको हो ।

फाउन्डेसन्ले शालिक वरिपरी सरसफाई गरि महादिवेशन प्रतिनीधि कृष्ण महतले माल्याअर्पण गरेका हुन् । नेपाली कांग्रेसले वीपीको जन्म जयन्ती ३ दिने भर्चुअल कार्यक्रम गरी मनाउने भएको छ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको जन्म विक्रम संवत् १९७१ भदौ २४ गते भएको थियो । उनकाे क्यान्सर रोगबाट विसं २०३९ साउन ६ गते निधन भएको थियो।

फेसबुक प्रतिक्रियाहरु