बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • ट्याक्टर दुर्घटनामा परी चारजना घाइते
दुर्घटना/अपराध

ट्याक्टर दुर्घटनामा परी चारजना घाइते

भदौ २४,

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने नेटा ज्युलामा भे १ त ९७८१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चार जना घाइते भएका छन्। बुधबार बिहान रुकुम पश्चिम आठबिसकोट नगरपालिका ११ बस्ने चालक हस्तबहादुर परियारले चलाएर बालुवा बोकेर पहाडातर्फ लैजाँदै गरेको ट्याक्टर ८ बजेर ४५ मिनेटको समयमा दुर्घटना भएको प्रहरी चौकी त्रिपुराकोटले जानकारी दिएको छ।

घाइते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–१ हरि कठायत, सोही ठेगानाका, लोकमान श्रेष्ठ, शक्तिमान कठायत, र कृष्ण सार्की रहेको जिल्ला प्रहरी कार्यालय डोल्पा जनाएको छ।

घाइते सबैको अवस्था मध्यम रहेको र उपचारका लागि जिल्ला अस्पताल पुर्‍याईएको प्रहरीले जनाएको छ। चालक हस्त बहादुर परियार सामान्य घाइते भएको र उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए। ट्याक्टर सडकदेखि करिब १५० मिटर तल खसेर दुर्घटना भएको बताइएको छ।

फेसबुक प्रतिक्रियाहरु