शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सबै खाले अभिनयमा अब्बल सुबेदी नेपाली सिने जगत हल्लाउदै, मनै लोभ्याउने फोटोहरु
चलचित्र

सबै खाले अभिनयमा अब्बल सुबेदी नेपाली सिने जगत हल्लाउदै, मनै लोभ्याउने फोटोहरु

२१ भद्रा २०७७, काठमाण्डौ 

जिवन भनेको नै संघर्ष हो । जुन कुरामा रूची छ त्यसमा निरन्तर लागीहँदा सफलता पनि मिल्छ । तर त्यसको लागी मेहनत, धैर्य र कडा परिश्रम भने चाहिन्छन् नै । आज त्यही मुल्य मान्यतामा अडिएर सफल मोडल तथा कलाकार शेखर  परिश्रम गरिरहेका छन् । उनले नेपाली सिने जगतमा पृथक खालको अभिनय पस्किरहेका छन् । त्यसैले त उनलाई धेरैले चल्तीका एवं युनिक खालका मोडल तथा कलाकारको रुपमा लिन थालेका छन् । उनको ब्यस्थता पनि बढेको छ ।

Image may contain: Shekhar Subedi , standing and beard

 

अहिलेका चल्तिका मोडल तथा कलाकार शेखर सुबेदीको बाल्यकाल देखी नै कलाकारिता र संगीतमा हाम फाल्ने चाहना थियो  । सन् १९९० को दशकको बालवयमा गूगल, यू–ट्युब लगायत त थिएनन् । तर त्यतिबेला नै कलाकार सुवेदीका लागि रंगपत्र–पत्रिकाहरू अहिलेको गूगल वा यु–ट्युब सरह थियो ।


बिडम्बना ती बखत चलचित्र पत्र–पत्रिका पढ्नु राम्रो मानिदैनथ्यो । किताबै मात्र पढ्नु पर्छ भन्ने मानछेहरुका मान्यता हुन्थे । तर उनी भने लुकेर रंग पत्रत्रिकाहरु पढ्थे । मोडल सुबेदी विगतलाई सम्झदै भन्छन् ‘कतिपय पत्रिकाहरूमा ’देउता’ ’कुशुमे रूमाल’ र ’चिनो’ लगायत फिल्मबारे लेख छापएएको हिन्थ्यो र रिलीजको मिति पनि । एकपटक ती तिनवटै चलचित्रको हिरोहरू काठमाडौंको यो–यो ठाँउमा आउदैंछन् र चलचित्र यो यो सिनेमा हलमा लाग्दैछ भनेर ।’ आफु ती हिरोहरुका गज्जबका फयान भएको उनी सुनाउँछन् ।

‘राजेश हमाल’, ‘भुवन केसी’ र ’शिव श्रेष्ठ’ को ठुला फोटोहरू राखिएका हुन्थ्ये हलहरूका भित्ताहरुमा । आराधना हल, गोपी–कृष्ण हल, पृथ्वी हल, सिद्धार्थ हल, जय नेपाल सिनेमा, गुण सिनेमा आदिमा । त्यो बेलादेखी नै चलचित्र र अभिनयमा शेखरको गहिरो लगाव थियो ।
त्यतिबेला किताबमा पनि पढ्न पाईदैन थियो । कति पुरानो कलकाराहरूको नाम इतिहासमा मा सुनिन्छ । त्यो समय १० रूपैयाँमा टिकट काटेर फिल्म हेर्न जान्थे शेखर । उनी भन्छन् ‘ त्यसपछी त नेपाली चलचित्र र उनीहरूले गरेको जस्तै आफुपनि गर्थे तर के हो चाहिँ बुझ्दिन थिए, त्यहि पनि आकर्षक लाग्थ्यो उनलाई ।

स्कुल तिर नाच्ने र कक्षामा डायलग बोल्ने अभिनय गर्थे शिखर ती बखत । तर सिकाउने र कसरी यो चलचित्र तिर लाग्ने भन्ने मार्गदर्शक गर्ने कोहि नभएको उनी सम्झन्छन् । तरपनि कालान्तरमा नाटक र रंगमञ्चमा अभिनय सिकें उनले । र, उनलाई बाल्यकालको सबै याद आउथ्यो । यहि कुरा त्यो बेला सिकेको भए के हुन्थ्यो होला भनेर उनी बेला बेला एकान्तमा सोच्दछन |

Image may contain: 2 people, including Shekhar Subedi , text
अभिनय सिक्ने क्रममा म्यूजीक भिडियो मोडलिंग, फेशन सो, सर्ट मूभिज धेरै गरेका छन् उनले । मोडलिंगमा मिस्टर पपुलर अफ नेपालको उपाधि समेत जिते उनले । तरपनि उनको यात्रा चलचित्र र अभिनय गर्नेमा नै भएको उनी सुनाउँछन् ।
भन्छन् ‘मैले अभिनय सिक्ने क्रममा चलचित्रमा साना–साना रोल गर्ने अवसर पाँए तर यसले मेरो भोक मेटिएन ।’
गाजा–बाजा, निर्भय जस्ता चलचित्रमा उनले अभिनय गरेका छन् तर उनले आफनो रोल सानो हुदाँ अभिनय त्यती देखाउने मौका पाएनन् ।


मोडल शेखर भन्छन् ‘अभिनयलाई मूख्य चाहिने नवरस हो र म यो रसमा डुब्दै गईरहेको थिँए र त्यहि क्रममा मलाई ‘चि मुसी ची’ चलचित्रमा नेगेटिभ रोलमा अफर आयो । जुन मेरो अभिनयको लागी टर्नींग पोईन्ट थियो ।’ धेरैले आफनो अभिनय मन पराएको शेखरको अनुभव छ । त्यसपछि उनले संघर्ष गरी रहे र केहि मूभीको अफर पनि आए उनलाई । तर आफुलार्ई हटाई आफ्नै राख्ने र पैंसा हालेर खेलाउने जस्ता थुप्रैको अनुभव जिवनमा बटुलेको बताउँछन् । तरपनि मनोबल उनको कहिलै गिरेन ।

Image may contain: Shekhar Subedi , standing

कलाकार बन्ने नै अनुभव र संघर्षले हो भन्ने मान्यता छन् उनका । ठुला ठुला कलाकारहरू पनि साना–सानामा रोल गरी नै आएको उनी सुनाउँछन् । ‘यहि कुराबाट सिकेर मेरो केहि चलचीत्रको छायाँकन हुने कुरा हुदाँ नै यो महामारी कोभिड – १९ ले हामी समस्त कलाकारहरूलाई र चलचित्र क्षेत्रलाई असर पार्यो र मेरो चलचीत्रहरू पोस्टपोन्ड भए ।’
अहिले लकडाउनकै क्रममा नयाँ चलचीत्रको काममा छन् उनी । जुन सोशल–कमेडिमा आधारीत हो । जुन २०७८ सालमा रिलिज गरिने कुरा भईरहेको छ ।

Image may contain: 1 person, beard

फेसबुक प्रतिक्रियाहरु