शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बागमती प्रदेश सरकारले प्रदेश अन्तर्गतका अस्पताललाई १७ करोड रुपैयाँ दिने निर्णय : जिल्ला अस्पताल रामेछापलाई ५० लाख
रामेछाप बिशेष

बागमती प्रदेश सरकारले प्रदेश अन्तर्गतका अस्पताललाई १७ करोड रुपैयाँ दिने निर्णय : जिल्ला अस्पताल रामेछापलाई ५० लाख

जिल्ला अस्पताल रामेछापलाई ५० लाख दिने

भदौ १८,

हेटौडा । बागमती प्रदेश सरकारले कोरोना नियन्त्रण र रोकथामको लागि प्रदेश अन्तर्गत रहेका अस्पताललाई १७ करोड रुपैयाँ दिने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षमा आज बसेको बैठकले कोरोनाको जोखिम बढदै गएकाले प्रदेश अन्तर्गतका अस्पतालहरुलाई १७ करोड रुपैयाँ दिने निर्णय गरेको हो ।

बागमती प्रदेशका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले कोभिड–१९ को व्यवस्थापन, समन्वय र अनुगमन गर्नको लागि प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा समानुपातिक सांसद र स्थानीय तहका प्रमुख सदस्य रहने व्यवस्था गरेको बताए । प्रवक्ता ढुंगेलले प्रदेश अन्तर्गत रहेको अस्पताललाई थप व्यवस्थापनमा सहज बनाउन थप बजेट उपलब्ध गराउने निर्णय गरेको बताए । उनका अनुसार प्रदेशका अस्पताललाई बजेट दिने निर्णयसँगै रामेछापको जिल्ला अस्पताललाई कोरोना रोकथाम र नियन्त्रणको लागि पचास लाख दिने निर्णय भएको छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु