शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • भेरी अस्पताल : २२ सय रूपैयाँमा पिसिआर परीक्षण
समाचार

भेरी अस्पताल : २२ सय रूपैयाँमा पिसिआर परीक्षण

परीक्षा शुल्क

भदौ १८
बाँके । भेरी अस्पताल नेपालगञ्जमा अब २ हजार २ सय रूपैयाँ शुल्क तिरेर पिसिआर परीक्षण गराउन सकिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ राष्ट्रिय परीक्षण निर्देशिकाले तोकेको भन्दा ब्यक्तिगत प्रयोजनका लागि शुल्क तिरेर पिसिआरको स्वीकृति पाएसंगै भेरी अस्पतालमा संचालित पिसिआर प्रयोगशालामार्फत अब आम सर्वसाधारणले कम शुल्कमा पिसिआर परीक्षण गराउन सकिने भएको हो ।

 

अस्पताल समितिको बिहीबार बसेको बैठकले पिसिआर परीक्षण शुल्क निर्धारण गरेको हो । अस्पताल व्यवस्थापन समितिका अध्ध्यक्ष प्रमोद धितालले बिहीबारको बैठकले यस्तो निर्णय गरेको जानकारी दिनुभयो ।  उहाँका अनुसार शुक्रबारदेखि चाहेको व्यक्तिले कोरोना परिक्षण गराउन सकिने छ ।

फेसबुक प्रतिक्रियाहरु