शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • रामेछापको मन्थलीमा एक युवकले गरे झुण्डिएर आत्महत्या,
रामेछाप बिशेष

रामेछापको मन्थलीमा एक युवकले गरे झुण्डिएर आत्महत्या,

आत्महत्या,

भदौ १८

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा बिहिबार एक युवकले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा लिखु तामाकोशी गाउँपालिका वडा नं. ७ तिल्पुङ् घर भएका १७ वर्षीय उमेश बुढाथोकी हुन् । उनी हाल अध्ययनको शिलशिलाम मन्थली बस्दै आएका थिए । उनी रामेछाप पोलिटेक्निकल इस्टिच्युटका विद्यार्थी हुन् ।

बुधबार बेलुका उनी डेरा गरि बस्दै आएको मन्थलीको मदन आश्रित चोक नजिकै एक घर आफै बस्ने कोठाको फ्यानमा (पंखा) डोरीको पासो लगाएर मृत अस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछाप प्रहरीले जानकारी दिएको छ ।

उनले आत्महत्या गर्नुपूर्व सुसाइट नोट समेत छोडेको प्रहरीले जनाएको छ । घटना बारे अनुसन्धान जारी रहेको र उनको शव पोष्ट माटमको लागि प्रथामिक स्वास्थ्य केन्द्र मन्थलीमा पठाइएको प्रहरीले बताएको छ ।file Photo

 

फेसबुक प्रतिक्रियाहरु