बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • रामेछापमा आजदेखि यी काम गर्न पाइन्छ ! १८ बुँदे आदेश जारी
रामेछाप बिशेष

रामेछापमा आजदेखि यी काम गर्न पाइन्छ ! १८ बुँदे आदेश जारी

१८ बुँदे आदेश जारी

भदौ १२,

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले जारी निषेधाज्ञालाई थप कडाई परेको छ । कोरोना भाइरस संक्रमण दिनानु दिन बढेको भन्दै आगामी भदौ १८ गते राति १२ बजेसम्मको लागि गत बिहिबारदेखि लागू हुने गरि जारी निषेधाज्ञा थप गरेको थियो । बन्दाबन्दीको समयमा जिल्ला बासिहरुले के के गर्न पाउने के नपाउने लगाएतलाई ध्यानमा राखि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्वार आदेश जारी गरिएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ संक्रमण जिल्ला भित्र निरन्तर बढी रहेको र उच्च स्तरमा बढ्ने जोखिम रहेको देखिएको छ । जिल्लामा सो रोगको रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन जरुरी देखिएकोले संक्रमण रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन,२०१८ को दफा ६ (३) बमोजिम रामेछाप जिल्लाभर लागू हुने निषेधाज्ञा जारी गरिएको हो ।

प्रशासनले कोरोना संक्रमणका कारण जिल्ला बासिहरु थप संक्रमित नपारोस् भन्ने उदेश्यले बन्दाबन्दीलाई कडाई गरेको छ । जिल्लामा शुक्रबारसम्ममा ३७ जनामा कोरोना पुष्टि भएको छ ।

सोही विषयलाई ध्यानमा राखि जारी बन्दाबन्दीको समयमा विभिन्न गतिविधिहरु गर्न/गराउन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी शर्माद्वरा जारी आदेशमा उल्लेख छ ।

  1. औषधी, खाद्यान्न, स्वास्थ्य, सुरक्षा, खानेपानी, दुध, तरकारी, फलफूल, विद्युत, सूचना तथा सञ्चार, फोहोर व्यवस्थापन अन्य पसल बाहेक सैलुन, पार्लर, होटल, रेष्टुरेन्ट, भोजनालय सञ्चालन गर्न ।
  2. औषधी, खाद्यान्न तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन।
  3. अत्यावश्यक कार्यमा मास्क विना घर बाहिर निस्कन ।
  4. फुटपाथ/खुल्ला ठाउँ, ठेलागाडा/साइकल, हाटबजारमा पसल/व्यापार सञ्चालन गर्न, कवाडी संकलन गर्न ।
  5. एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्यवस्तु, तरकारी, दुध, खानेपानी, विद्युत, सञ्चार, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, शव वहान, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, निर्माण सामाग्री, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी, प्राविधिक तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र प्रशासनको अनुमति प्राप्त साधन बाहेक सबै सार्वजनिक, निजी सवारी साधन (मोटरसाइकल समेत) सञ्चालन गर्न।
  6. शैक्षिक संस्थाहरु, कुनै पनि प्रकारको मेला, महोत्सव, बैठक, समीक्षा, गोष्ठी, सेमिनार, सामूहिक जमघट, सभा, जुलुस, मनोरञ्जनस्थल, हेल्थ क्लब, खेलकुद कार्यहरु गर्न ।
  7. दैनिक रुपमा घर परिवार भित्र हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघट गर्न।
  8. यस जिल्लाको प्रवेश नाका सेलेघाट, खैरेनीघाट, लुभुघाट, नवलपुरघाट, खिम्ति, धारापानी, साँघुटार लगायत प्रवेश नाकाहरुबाट बेलुका ७ :०० बजे देखि विहान ५:०० बजे सम्म पैदल आवात जावत गर्न ।
  9. सहकारी, वित्तीय संघ/संस्थाहरुले समुदायमा गई बचत संकलन गर्न ।
  10. अत्यावश्यक सेवाका र मालवाहक ढुवानी साधन एवं जिल्लाको अनुमति विनाका सवारी साधन यस जिल्ला भित्र प्रवेश गर्न र ढुवानी साधनमा मानिसहरु लुकाएर ल्याउन ।

यी काम गर्न पाइने छ ।

  • स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूरा गरेर उपभोग्य बस्तु विक्री गर्ने, औषधी, खाद्यान्न, फलफूल, तरकारी दुध लगायतका अत्यावश्यक सेवाका पसलहरु विहान ५:०० बजेबाट ११:०० बजे सम्म सञ्चालन गर्ने व्यवस्था मिलाउने ।
  • सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु, बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम मात्रामा कर्मचारी उपस्थित गराई कार्यालय सञ्चालन गर्ने र सो बाहेकका अन्य कर्मचारीलाई सुरक्षित घरबाटै कार्यहरु गर्ने व्यवस्था कार्यालय प्रमुखले मिलाउने । सकेसम्म विद्युतीय माध्यमबाट सेवा प्रवाहको व्यवस्था मिलाउने।
  • बैक वित्तीय संस्था/सहकारी कार्यालयहरु विहान १० :०० बजे देखि दिउँसो २:०० बजे सम्म सञ्चालन गर्ने व्यवस्था मिलाउने ।
  • कुनै पनि पेशा, व्यवसाय, सेवा सञ्चालन गर्दा जनस्वास्थ्य मापदण्ड र सुरक्षा मापदण्ड सम्बन्धित व्यक्ति, निकाय/संस्थाले अनिवार्य पालना गर्ने/गराउने ।

यी काम गरे कारवाही हुन्छ ।

  1. अत्यावश्यक उपभोग्य वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मुल्यवृद्धि गर्ने, म्याद नाघेका सामान विक्रि वितरण गर्ने, आपूर्तिमा अवरोध गर्नेलाई प्रचलित कानून बमोजिम कार्वाही हुनेछ । उल्लेखित आदेशको उलंघन गर्ने र पालना गर्न/गराउन अवरोध गर्नेहरु उपर प्रचलित कानून बमोजिम कार्वाही हुनेछ ।
  2. कोभिड-19 को रोकथाम र नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका व्यक्तिहरु, संक्रमित व्यक्ति र निजका परिवारहरु माथि दूर्व्यवहार, अपमानजनक क्रियाकलाप भएको विभिन्न सूचना तथा सञ्चार माध्यम मार्फत सार्वजनिक भएकोमा त्यस्ता गैरकानूनी, अमानवीय र अपमानजनक कार्य भए गरेको पाईएमा प्रचलित कानून बमोजिम कार्वाही हुनेछ ।
  3. कोभिड-१९ को बढ्दो संक्रमण र असहज अवस्थामा आदेशको पूर्ण पालना गरी/गराई यसको रोकथाम र नियन्त्रणको लागि सहयोग प्रदान गर्नु हुने सम्पूर्ण जिल्लावासी महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

फेसबुक प्रतिक्रियाहरु