बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • रामेछापमा निषेधाज्ञा तोडेको भन्दै ५२ वटा सवारीसाधन प्रहरी नियन्त्रणमा [फोटोसहित]
रामेछाप बिशेष

रामेछापमा निषेधाज्ञा तोडेको भन्दै ५२ वटा सवारीसाधन प्रहरी नियन्त्रणमा [फोटोसहित]

सवारीसाधन प्रहरी नियन्त्रणमा

भाद्र ९

रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा  निषेधाज्ञा तोड्ने कोसिस गरेको भन्दै ५२ वटा मोटरसाइकललाई जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले नियन्त्रणमा लिएको छ । विश्वभर कोरोना भाइरसको संक्रमण तीवृ रुपमा फैलिरहेका बेला रामेछापमा भने अनावश्यक रुपमा बन्दको अवज्ञा गर्दै मोटरसाइकल सडक भरी देखिन थाले पछी जिल्ला ट्राफिक प्रहरीले आज उक्त मोटरसाइकलहरु नियन्त्रणमा लिएको हो ।

केहीदिन अघि जारी गरेको सूचनामा लकडाउनको मोडललाई परिमार्जन गरेसँगै लकडाउन थप कडाई भएको जानकारी गराएको थियो । उक्त सूचनामा अनावश्यक सवारी साधनहरुलाई सडकमा निस्कन नदिने भनिएको थियो । देवकोटा चोकमा बिहान ८ बजेदेखि अनावश्यक सडकमा चलाएका मोटरसाइकलहरुलाई नियन्त्रणमा लिने कार्य थालनी भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख रामेश्वर पाण्डे बताए ।

८ बजेदेखि नियन्त्रणमा लिएका मोटरसाइकलहरुलाई ११ बजेसम्म राखेर छोड्ने ट्राफिक प्रहरी प्रमुख पाण्डेले बताएका छन ।

ट्राफिक प्रहरी प्रमुख पाण्डेले आजको लागि मोटरसाईकलहरुलाई नियन्त्रण्मा लिएर छोड्ने र भोलिदेखि अनावश्यक काम तथा तोकिएको भन्दा बाहेक सवारी साधनहरु सडकमा देखिए भने प्रति सवारी साधनलाई जरिवाना  १ हजार ५ सय गर्ने बताएका छन् ।

फोटो मिलन घिमिरे/जुनेली व्यव्थापक

फेसबुक प्रतिक्रियाहरु