शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • चट्याङ लाग्दा एकको मृत्यु : दुई घाइते
समाचार

चट्याङ लाग्दा एकको मृत्यु : दुई घाइते

मौसम

भदौ ०९, हरिश्चन्द्र बाग,

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा सोमबार राति परेको चट्ट्याङ लागेर घाइते भएका तीन जना युवक मध्ये एक जनाको मृत्यु भएको छ । बेलौरी नगरपालिका वडा नम्बर १ बैशाखी निवासी करीब २३ वर्षीय लोकेन्द्र चन्दको उपचारका लागि धनगढी स्थित निसर्ग हस्पिटलमा लगिएको भएपनि सोमबार राति नै डाक्टरले मृत घोषणा गरेको छ ।

त्यस्तै, चट्ट्याङ लागेर घाइते भएका सोही स्थान बस्ने २६ वर्षीय सुजन शाही र २० वर्षीय नरेश शाहीको धनगढी मै उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले जानकारी दिए ।

बेलौरी नगरपालिका वडा नम्बर १ बैशाखी स्थित घर नजिकै रहेको राधाकृष्ण मन्दिरमा बसी मोबाइल चलाइरहेको समयमा सोमबार राति ०८ः२५ बजे तिर चट्ट्याङ लाग्दा उक्त दुर्घटना भएको हो ।file Photo

फेसबुक प्रतिक्रियाहरु