शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बागलुङमा पहिरोले घर पुर्दा एक किशोरीको मृत्यु
समाचार

बागलुङमा पहिरोले घर पुर्दा एक किशोरीको मृत्यु

बाढी पहिरो

भदौ ०९, छविलाल पाण्डे,

बागलुङ । गयरातीको अविरल बर्षातका कारण पहिरोले घर पुरिँदा बागलुङको ढोरपाटन नगरपालिकामा एक युवतीको ज्यान गएको छ ।
ढोरपाटन नगरपालिका २ अर्नाक स्थित कली परियारको १९ बर्षिय छोरी पुजा परियारको ज्यान गएको हो ।

घरमा सुतिरहेको अवस्थामा घर माथिदेखि करिब १२ बजेतिर खसेको पहिरोले घर पुरिँदा उनको ज्यान गएको वडा अध्यक्ष युवराज महतले बताए । मृतक परियारका घरका अन्य सदस्य अर्का घरमा सुतेका कारण ज्यान जोगाउन सफल भएका छन् ।file Photo

फेसबुक प्रतिक्रियाहरु