शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १५९ पुग्यो
समाचार

कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १५९ पुग्यो

कोरोना

भदौ ०९
काठमाण्डौ । ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । कोरोना सङ्क्रमित दुई जना पुरुषको सोमबार ज्यान गएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार गएको भदौ ६ गतेदेखि उपचाररत काठमाण्डौका ७४ वर्षीय पुरुषको र गएको साउन २५ गतेदेखि उपचाररत धनुषाका ७६ वर्षीय पुरुषको सोमबार ज्यान गएको हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ५९ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु