शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कोरोनाको बारेमा सामाजिक सञ्जालमा फैल्याइएका आतंक रोक्न माग
रामेछाप बिशेष

कोरोनाको बारेमा सामाजिक सञ्जालमा फैल्याइएका आतंक रोक्न माग

भदौ ०७,

रामेछाप । मानवअधिकार संरक्षण सञ्जाल रामेछापले पीसीआर परीक्षणको आधिकारीक निकायबाट प्रतिवेदन आउनु अघि सामाजिक सञ्जालबाट फैल्याइएको अफवाह प्रति सम्बन्धित निकाय र सरोकारवाको ध्यानाकर्षण गराएको छ । सञ्जालले त्यस्ता कार्य तत्काल रोक्न माग गरेको छ ।

जिल्लामा मानवअधिकार र सामाजिक न्यायको क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्था सदस्य रहेको सञ्जालले आइतबार प्रेस नोट जारी गरी हरेक पालिकामा व्यवस्थित आइसोलेसनको व्यवस्थापनको लागि पनि सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
सञ्जाल संयोजक पाण्डवप्रसाईँद्वारा जारी नोटमा जिल्ला सदरमुकाम मन्थलीमा स्थापना गरिएको आइसोलेसनमा महिला र पुरुष एकै ठाउँमा राख्न सुरक्षाको हिसाबले उपयुक्त नदेखिएकोले त्यसको उचित व्यवस्थापनको लागि सरोकारवालाको ध्यानाकर्षण गराइएको छ । सो आइसोलेसनमा दिउँसो अत्याधिक गर्मीका कारण बिरामी बस्नै नसक्ने गुनासो आएकोले त्यसको उचित व्यवस्थापनका लागि सञ्जालले सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

संक्रमित बढ्दै गएकोले जिल्लाका सबै स्थानीय तहको सहकार्यमा जिल्लामा एउटा पीसीआर परीक्षण मेशिन स्थापनाको लागि तत्काल कार्य अघि बढाउन पनि सञ्जालले सुझाव दिएको छ । साथै समुदाय स्तरमा पीसीआर परीक्षणको दायरा बढाउन समेत भनिएको छ ।

जिल्लामा अन्य विपद्को खतरा अझै टरिनसकेकोले पूर्वतयारी अवस्थामा रहन विपद व्यवस्थापन समितिहरु र सरोकारवालाको ध्यानाकर्षण गराइको छ । रेडक्रस, बार, गैसस महासंघ, पत्रकार, अधिकारकर्मी समेतको सञ्चार प्रविधिको उपयोग गरी बसेको बैठक पछि सो सुझाव दिइएको सञ्जालका संयोजक प्रसाईँले जानकारी दिए । file photo

फेसबुक प्रतिक्रियाहरु