बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • रामेछापमा गएराति १२ बजेदेखि अघोषित् लकडाउन जारी : उल्लङघन गरे कानुन बमोजिम कारवाही हुने
रामेछाप बिशेष

रामेछापमा गएराति १२ बजेदेखि अघोषित् लकडाउन जारी : उल्लङघन गरे कानुन बमोजिम कारवाही हुने

कोरोनाको रामेछापमा प्रभाव

भदौ ०५,

रामेछाप । रामेछापमा (आज) शुक्रबारदेखि बन्दाबन्दीलाई थप कडाई गरिएको छ । गएराति १२ बजेदेखि जिल्लामा  कोरोना भाइरस संक्रमण बढदैगएको भन्दै अघोषित् निषेधाज्ञा जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय रामेछापले बन्दाबन्दीलाई थप कडाई गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोरोना संक्रमण तिवृ रुपमा फैलिएको निषकर्श निकाल्दै बन्दाबन्दीलाई थप कडाई गरेकी हुन् । प्रमुख जिल्ला अधिकारी शर्माले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ संक्रमणले रामेछाप जिल्लाभित्र निरन्तर बढी रहेको र उच्च स्तरमा बढ्ने जोखिम रहेको देखिएको उनले जारी गरेको आदेशमा उल्लेख गरेकी छन् ।

शर्माले कोरोना भाइरस संक्रमण जिल्लामा शुक्रबारसम्ममा ३३ जनामा पुष्टि भैसकेको छ । भने १ हजार २ जनाको स्वाब संकलन गरि पठाइएकोमा ३३ जनाको पोजेटिभ आएको जिल्ला अस्पताल रामेछापले जनाएको छ । त्यसमा १ सय ३३ जनाको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ । ८ सय ३६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । ८ सय ९२ जनाको आरडिटी विधिबाट कोरोनाको परीक्षण गरिएको छ ।

सो अवस्थालाई ध्यानमा राख्दै प्रशासनले बन्दाबन्दीलाई थप कडाई पर्दै १७ बुँदे आदेश जारी गर्दै बन्दाबन्दीलाई कडाइ गरिएकोछ ।

कोरोना भाइरस संक्रमण रोगको रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन जरुरी देखिएको भन्दै नेपाल सरकार मन्त्रिपरिषद्को गत भदौ १ गतेको निर्णय बमोजिम संक्रमण रोग ऐन २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०१८ को दफा ६ (३) बमोजिम भदौ ४ गते आज राति १२ बजेदेखि अर्को आदेश/सूचना जारी नभएसम्म रामेछाप जिल्लाभर लागू हुने गरी १७ बुदै आदेश जारी गरिएको हो ।

आजदेखि जिल्लामा यी काम गर्न पाइने छैन हेर्नुहोस्

  1. अत्यावश्यक सेवा (खाद्यान्न, स्वास्थ्य, सुरक्षा, खानेपानी, दुध, तरकारी, फलफूल, विद्युत, सूचना तथा सञ्चार, फोहोर व्यवस्थापन) बाहेकका
  2. अन्य सबै प्रकारका उद्योग, व्यापार, व्यवसाय, सञ्चालन गर्न ।
  3. औषधी, खाद्यान्न तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन । अत्यावश्यक कार्यमा मास्क विना घर बाहिर निस्कन ।
  4. फुटपाथ/खुल्ला ठाउँ, ठेलागाडा/साइकल, हाटबजारमा पसल/व्यापार सञ्चालन गर्न ।
  5. एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्यवस्तु, तरकारी, दुध, खानेपानी, विद्युत, सञ्चार, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, शव वहान, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, निर्माण सामाग्री, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी, प्राविधिक तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र प्रशासनको अनुमति प्राप्त साधन बाहेक सबै सार्वजनिक, निजी सवारी साधन (मोटरसाइकल समेत) सञ्चालन गर्न ।
  6. शैक्षिक संस्थाहरु, कुनै पनि प्रकारको मेला, महोत्सव, बैठक, समीक्षा, गोष्ठी, सेमिनार, सामूहिक जमघट, सभा, जुलुस, मनोरञ्जनस्थल,सैलुङ्ग, पार्लर, हेल्थ क्लब, खेलकुद कार्यहरु गर्न ।
  7. दैनिक रुपमा घर परिवार भित्र हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघट गर्न।होटल, रेष्टुरेन्ट सञ्चालन गर्न ।
  8. यस जिल्लाको प्रवेश नाका सेलेघाट, खैरेनीघाट, लुभुघाट, नवलपुरघाट, खिम्ति, धारापानी, साँघुटार लगायत प्रवेश नाकाहरुबाट बेलुका ७ :०० बजे देखि विहान ५ : ०० बजे सम्म पैदल आवात जावत गर्न ।
  9. सहकारी, वित्तीय संघ/संस्थाहरुले समुदायमा गई बचत संकलन गर्न । अत्यावश्यक सेवाका र मालवाहकढुवानी साधन एवं जिल्लाको अनुमति विनाका सवारी साधन यस जिल्ला भित्र प्रवेश गर्न ।
  10. स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूरा गरेर उपभोग्य बस्तु विक्री गर्ने, खाद्यान्न लगायतका अत्यावश्यक सेवाका पसलहरु विहान ५ : ०० बजेबाट ९ :०० बजे सम्म सञ्चालन गर्ने व्यवस्था मिलाउने ।
  11. सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु, बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम मात्रामा कर्मचारी उपस्थित गराई कार्यालय सञ्चालन गर्ने र सो बाहेकका अन्य कर्मचारीलाई सुरक्षित घरबाटै कार्यहरु गर्ने व्यवस्था कार्यालय प्रमुखले मिलाउने । सकेसम्म विद्युतीय माध्यमबाट सेवा प्रवाहको व्यवस्था मिलाउने ।
  12. बैक वित्तीय संस्था/सहकारी कार्यालयहरु विहान ९: ०० बजे देखि दिउँसो १:०० बजे सम्म मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउने ।
  13. अत्यावश्यक उपभोग्य वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मुल्यवृद्धि गर्ने, म्याद नाघेका सामान विक्रि वितरण गर्ने,आपूर्तिमा अवरोध गर्नेलाई प्रचलित कानून बमोजिम कार्वाही हुनेछ ।
  14. उल्लेखित आदेशको उलंघन गर्ने र पालना गर्न/गराउन अवरोध गर्नेहरु उपर प्रचलित कानून बमोजिम कार्वाही हुनेछ ।
  15.  कोभिड-१९ को बढ्दो संक्रमण र असहज अवस्थामा आदेशको पूर्ण पालना गरी/गराई

फेसबुक प्रतिक्रियाहरु