बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • विश्वभर ७ लाख ९५ हजार ८ सय भन्दा धेरैको मृत्यु : १ करोड ५४ लाख ९१ हजार भन्दा धेरै निको
समाचार

विश्वभर ७ लाख ९५ हजार ८ सय भन्दा धेरैको मृत्यु : १ करोड ५४ लाख ९१ हजार भन्दा धेरै निको

कोरोना

भदौ ५,

काठमाडौं । भारतमा गएको २४ घण्टामै  ६८ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण देखिएकाे छ । भारतमा एकैदिन ६८ हजार पाँच सय भन्दा धेरैमा कोरोना सङ्क्रमण भएको र नौ सय ८१ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

भारतमा अहिलेसम्म २९ लाख चार हजार भन्दा धेरैमा सङ्क्रमण हुँदा ५४ हजार नौ सय ७५ जनाको ज्यान गैसकेको छ । यस्तै गएको २४ घण्टामा कोरोना भाइरसबाट ब्राजिलमा ११ सय १५ जना र अमेरिकामा नौ सय ८५ जनाको ज्यान गएको छ ।

विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट एकैदिन पाँच हजार छ सय १७ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या सात लाख ९५ हजार आठ सय भन्दा धेरै भएको छ । दुई करोड २८ लाख आठ हजार भन्दा धेरैमा सङक्रमण भएकोमा एक करोड ५४ लाख ९१ हजार भन्दा धेरै उपचार पछि निको भएका छन् ।file Photo

फेसबुक प्रतिक्रियाहरु