मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • आज पाटन अस्पतालमा दोलखा एक जनासहित कोरोना संक्रमणबाट ६ जनाको ज्यान गयो
समाचार

आज पाटन अस्पतालमा दोलखा एक जनासहित कोरोना संक्रमणबाट ६ जनाको ज्यान गयो

कोरोना संक्रमितको मृत्यु

भदौ ५,

काठमाडौ । पाटन अस्पतालमा दुई जना कोरोना  संक्रमितको मृत्यु भएको छ।  पाटन अस्पतालमा उपचाररत दोलखा निवासी ३० वर्षीया महिलाको आज विहान मृत्यु भएको अस्पतालले जनाएको छ। यस्तै सर्लाहीका ४६ वर्षीय पुरुषको पनि आज विहान निधन भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलालले जनाकारी दिए ।

नेपालमा पछिल्लो पटक नेपालमा कोरोना संक्रमणबाट ६ जनाको ज्यान गएको छ। पछिल्लो पटक चितवन, बुटवल, पर्सा, विराटनगर र पाटन अस्पतालमा संक्रमतिको ज्यान गएको छ। सम्बन्धित जिल्लाको अधिकारीहरुको अनुसार विराटनगरमा आफ्नै घरमा बसेका कोरोना संक्रमतिको ज्यान गएको छ। यसै गरी पाटन अस्पतलामा सर्लाही र दोलखाका दुई जनाको ज्यान गएको छ। बुटवलमा प्युठानका एक जनाको ज्यान गएको छ।

कहाँ कसको मृत्यु भयो?

पाटन अस्पताल ललितपुरमा आज विहान दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालमा उपचाररत दोलखा निवासी ३० वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ। उनि उपचारका लागि भदौ २ गते अस्पताल भर्ना भएकी थिइन्। यस्तै सर्लाहीका ४६ बर्षीय पुरुषको पनि विहान अस्पतालमा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलालले जनाकारी दिए।

उनी साउन ३१ गते अस्पताल भर्ना भएका थिए। कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेशनमा बसेका मोरङमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगर–६ निवासी ४५ वर्षीय पुरुषको हिजो बेलुका ८ बजे घरमै मृत्यु भएको हो। सुगर र प्रेसरले लामो समयदेखि ग्रसित पुरुषलाई भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको वडा अध्यक्ष विजय कामतले जानकारी दिए।

संक्रमण पुष्टि भएपछि घरमै उपचार गराइरहेको उनको मृत्यु भएको हो। उनको शव व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाई सकिएको छ। पर्सामा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ प्रतिमा चोकका ७१ वर्षीय पुरुषको हिजो बेलुकी मृत्यु भएको हो। उनको वीरगञ्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएको अस्थायी कोभिड अस्पताल गण्डकका इन्चार्ज डाक्टर निरज कुमार सिंहले जानकारी दिए।

श्वास फेर्न गाह्रो भएपछि ती पुरुष भदौ २ गते उपचारका लागि नारायणी अस्पताल पुगेका थिए। सोही दिन स्वाब संकलन गरी परीक्षण गर्दा ३ गते उनमा कोरोना पुष्टि भएको थियो। त्यसपछि उनी हिजो नारायणी अस्पतालकै अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना भएका थिए। उनी क्षयरोगी पनि रहेको अस्पतालले जनाएको छ।

चितवनको भरतपुर अस्पतालमा उपचार गराइरहेका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका १३ का ६५ वर्षका पुरूष रहेको भरतपुर अस्पतालले जनाएको छ। उनको भरतपुर अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता लिलाधर पौडेलले जनाएका छन्। रुपन्देहीको बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा पनि आज बिहान एक कोरोना संक्रमितको मृत्यु भएको छ।

प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ का ६४ वर्षीय पुरुषको मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या भएपछि उनलाई चार दिन अघि अस्पतालमा उपचारका लागि पुर्याइएको थियो। साउन अन्तिम साता भारतबाट आएका उनी स्थानीय क्वारेन्टाइनमा बसेका थिए। त्यहि क्रममा पीसीआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकाले जानकारी दिए। उनी दमका दीर्घरोगी रहेको र उच्च रक्तचापको औषधी पनि सेवन गरिरहेको अस्पतालले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु