शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • नेपालमा ३० हजार नाघ्यो कोरोना संक्रमितको संख्या : आज थप ८३८ मा पुष्टि
समाचार

नेपालमा ३० हजार नाघ्यो कोरोना संक्रमितको संख्या : आज थप ८३८ मा पुष्टि

कोरोना

भदौ ५,
काठमाडौं- नेपालमा कोरोना संक्रमितको सङ्ख्या ३० हजार नाघेको छ। पछिल्लो २४ घन्टामा नेपालमा थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै नेपालमा संक्रमित हुनेको संख्या ३० हजार ४ सय ८३ पुगेको हो । २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा आजमात्र ८ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

पछिल्लो २४ घण्टामा थप २५० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १८ हजार २१४ उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म १३१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।file Photo

फेसबुक प्रतिक्रियाहरु